राजापुर भन्सार द्वारा चार महिनामै २ सय ४५ पटक अबैध सामान जफत

गणेश क्षेत्री
धनगढी लुम्बिनी प्रदेश को मुल भन्सार राजापुर मा ४ महिना श्रावण भाद्र , असोज र कार्तिक मा २ सय ४५ पटक अबैध माल जफत गरिएको छ
बार्सिक १ करोड २८ लाख १२ हजार उठाउने भन्सार को लक्ष्य रहेको भन्सार प्रमुख धन बहादुर शाही ले बताउनुभयो
जिल्ला प्रहरी कार्यालय बर्दिया का प्रमुख सुधिर राज शाही ले फ्रन्ट लाइनमा सशस्त्र प्रहरिको भुमिका भएपनी नेपाल प्रहरीले राजस्व छली नियन्त्रण गर्न कुनै कमि नराख्ने बताउनुभयो
४ महिनामै राजस्व छलिगर्ने तस्कर बाट १ करोड २२ लाख ८४ हजारको माल बरामद हुनाले राजापुर सशस्त्र प्रहरि गुल्मका गुल्मपती नरबहादुर शाहीले ठुलो उपलब्धि भएको बताउनुभयो
भन्सारको लक्ष्य र ४ महिनामै नियन्त्रणमा लिएको सामानको मुल्यांकन बराबर हुनाले पनि लुम्बिनी प्रदेश मा तस्करको जालो कतिरहेछ भनेर बुझ्न सकिने भन्सार प्रमुख शाहिले बताउनुभयो
विभिन्न शिर्षक मा मालसामान ओसारपसार गर्न प्रयोग भएको १० थान मोटरसाइकल , कपडा ,चिनी ,प्याज , राँगा ,बाख्रा लगायत रहेको भन्सार प्रमुख धन बहादुर शाहीले बताउनुभयो
बरामद गरियको सामानमा सशस्त्र प्रहरीले १५० पटक , नेपाल प्रहरीले ६० पटक र भन्सार गस्ती ले ३५ पटक पक्राउ गरेको हो
सशस्त्र प्रहरीले ९५ लाख 3४ हजार १ सय ६५ हजारको , नेपाल प्रहरीले १९ लाख ५७ हजार ३ सय ७५ हजार को, भन्सार गस्तिले ७ लाख १६ हजार ९ सय १५ रुपैयाँ को सामान बुझाएको प्रतिबेदनमा उल्लेख छ
राजापुर उध्योग बाणिज्य संघ का अध्यक्ष केदार थापा ले भन्सार बनाएरै सामान आउने गरेको बताउनुभयो ! तर सामान २ सय ४५ पटक पक्राउ गरेको रेकर्ड मा देखिदैछ भनेर प्रस्न गर्दा थप केही बताउन चाहनुभएन
पुरानो र चर्चित बजार राजापुर भन्सार को रेकर्ड मा १४ लाख ९९ हजार , भाद्र मा १ लाख ६३ हजार ५ सय १९ र असोजमा १लाख ५४ हजार ५ सय ४१ रुपैया र कार्तिक मा २ लाख ६७ हजार १ सय ७६ रुपैया मात्रै राजस्व संकलन भएको सुब्बा गुन केसरी बिस्ट ले बताउनुभयो ! बिस्ट का अनुसार उक्त राजस्व सवारीसाधन लगायत बाट उठेको र मालसामान बापत को अत्यन्तै न्यून भएको जानकारी दिनुभयो
ईलाका प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक किरण प्रसाद न्यौपाने ले भ्यायसम्म अबैधरुपमा भन्सार छली गरि भित्रीएका सामान जफत गर्ने सक्दो प्रयास गर्ने बताउनुभयो । खुल्ला सिमा छ चुनौती छ तर पनि नेपाल प्रहरी तस्करी नियन्त्रण गर्न सक्षम भएको बताउनुभयो
स्थानीयका अनुसार राजापुर मा अझैपनी कपडा हार्डवेयर र डिजे का सामान रातारात ओसारपसार भएको बताउँछन
भन्सार प्रमुख धनबहादुर शाही ले भन्सार मा जनशक्ति को कमि हुनुको साथै श्रोत साधन समेत कमि भएको बताउदै आफू कार्यालय प्रमुख भएर आएपछि गस्ती दैनिक गरिरहेको बताउनुभयो
राजापुर भन्सार कार्यालय को मातहत मा गुलरिया ,ताराताल छोटि भन्सार कार्यालय रहेका छन्
२ वटा छोटि भन्सार कार्यालय र मुलभन्सार कार्यालय गरेर श्रावण महिनामा ९ लाख २९ हजार , भाद्र महिनामा १० लाख २२ हजार २ सय ९ रुपैयाँ , असोजमा २४ लाख २१ हजार १ सय चालीस र कार्तिक मा १३ लाख ९० हजार ६ सय ३४ रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख धन बहादुर शाही ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply