काभ्रेको धुलिखेलमा एक घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति

काभ्रेको धुलिखेलमा एक घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ।

मंगलबार बिहान पौने ४ बजे धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धितालको तीन तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

ढुंगा-माटोले बनेको घरमा कसरी आगलागी भएको खुलेको छैन। प्रहरीका अनुसार उक्त घरमा मानिस बस्दैनन्। आगलागी बिहान पौने ७ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको हो।

पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुस काट्ने मेसिन, ७० मुरी मकै, ३ मुरी गहुँ, दुई मुरी धान, एक मुरी जैँ घाँस, खाद्यान्न, भाडाकुँडा, पराल र गाइगोठ गरी जम्मा ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply