दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन सकेन

दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन नसकेको पाइएको छ । ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा करिब २५ प्रतिशत अझै मौज्दात रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।हाल मासु उपभोग गर्नेको संख्या घटेकाले कुखुरा बिक्री हुन नसकेको उनले बताए । विगतका वर्षमा कोरोना, डेंगुका कारणले पर्वमा मान्छे उपत्यकामै बसे तर यो वर्ष उपत्यका छोड्ने धेरै भएका कारण उपत्यकामा मासुको खपत कम भएको उनले जानकारी दिए ।

यसका साथै आर्थिक मन्दी, वैदेशिक रोजगारी लगायतका कारणले पनि उपभोक्ताको संख्या कम भएकाले कुखुरा बिक्री हुन नसकेको बेलबासे बताउँछन् ।दसैँमा कुखुराको व्यापार घटेको थियो । संघका अनुसार दसैँ र तिहारमा दैनिक हुने कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घटेको थियो । उपत्यकामा ५ लाख किलो हरेक दिन कुखुराको तयारी मासु बिक्री हुन्छ । देशभर दैनिक ८ लाख किलो कुखुराको तयारी मासु बिक्री हुने संघका अध्यक्ष बेलबासेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply