बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही मंसिर १६ गतेबाट शुरु

बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही मंसिर १६ गतेबाट शुरु हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघकाे आयोजनामा सञ्चालन हुने बिडिसिए कपकाे याे २० औं संस्करण हाे । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने १३ टाेलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा एनआरवाईसी बठ्ठा, नवजागृति क्रिकेट क्लब, नागार्जुन जनसेवा,पंचकोटी क्रिकेट क्लब समूह बी मा निङ्गलासैनी क्रिकेट क्लब, कालाशैनी क्रिकेट क्लब, महामाया क्रिकेट क्लब रहेका छन्। यसैगरी समूह सी मा दशरथचन्द स्मृति प्रतिष्ठान,ग्वाल्लेक क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब समूह डी मा यौंगस्टार क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब र पाटन क्रिकेट क्लब रहेका छन्। प्रतियोगिताकाे उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम रहेकाे छ। उद्घाटन खेलमा मंसिर १६ गते बिहान ९ बजे एनआरवाईसी बठ्ठा र पञ्चकाेटी क्रिकेट क्लब भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply