सातै प्रदेश सरकारले संघीय सरकारलाई प्रदेश प्रहरी समायोजनका लागि ज्ञापन पत्र

सातै प्रदेश सरकारले संघीय सरकारलाई प्रदेश प्रहरी समायोजनका लागि ज्ञापन पत्र बुझाएका छन । सातै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

मंगलबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले संयुक्त रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन ।

सुप प्रदेश प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टका स्वकीय सचिव केशवराज जोशीले संयुक्त रुपमा गृहमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको बताए ।

उनका अनुसार प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, बागमती सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठ, मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री मोहम्मत समिम, कर्णाली प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री(प्रतिनिधी) सरस्वती अर्याल, तिवारी र कोशी प्रदेशका बिना विभागिय मन्त्री (प्रतिनिधी)शमशेर राईले संयुक्त रुपमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका छन । सोही दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले संघीयताको मर्म भावना अनुरुप प्रदेश प्रहरी समायोजन गर्न सघीय सरकारले ध्यानाकर्षण गराउनुपर्नेमा जोडदिएका छन ।

सातै प्रदेश सरकारले बुझाएको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश प्रहरी समायोजन प्रकृया अघि बढाउने आश्वासन दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply