एसईई आइडलका २ अडिसन पुनरबासमा सम्पन्न

धनगढी -प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले हरेक बर्ष आयोजना गर्ने नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारणका दुई अडिसन आज पुनरबासमा सम्पन्न भएका छन् ।

पुनरबासको जनकल्याण माध्यमिक विद्यालयमा तेस्रो र भानु मोमोरियल बोर्डिङ स्कुलमा चौथो अडिसन भव्यता पुर्वक आयोजना भएको कुरा प्रभात मिडियाले जनाएको छ ।

यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन गर्ने भएकाले अडिसन आयोजना गरिएको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक राम नारायण कँडेलले बताए । यसै गरि अर्को अडिसन आयोजक भानु मेमोरियल बोर्डिङ स्कुलका प्रधानाध्यापक निला गौतमले विद्यालयमा पढाईका साथै अतिरिक्त कृयाकलाप पनि आवश्यक रहेको बताउनु भयो ।

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply