प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीकाे टाेली घाेषणा गरिएको छ । रितु कनाैजियाकाे कप्तानी १४ सदस्यीय टाेली घाेषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयो । कप्तान रितुसंगै पिंकी बाेहरा,आरती बाेहरा,जानकी थापा,संगिता माैनी,करिष्मा थापा छनाैट भएका छन् । यस्तै निर्मला भण्डारी, रितु बुडाल, ममता बाेहरा, रबिना बाेहरा, बसन्ती बाेहरा, लक्ष्मी महर, रेनु पेला र ममता चन्द पनि अन्तिम १४ लागि छनाैट भएका छन् । यसका साथै निर्मला रावल,ईश्वरी भण्डारी,पुनम मल्ल र ममता लावड बैकल्पिक खेलाडीका रूपमा छनाैट भएका बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा ३ दिन छनाेट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टाेलीमा परेका हुन् । छनाैट भएकाे टाेलीले सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनाैटमा सहभागीता जनाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो । प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनाैट भएका खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्नेछन् । प्रदेशस्तरीय छनाैट प्रतियोगिता यहि मंसिर २४ गतेदेखि कञ्चनपुरकाे महेन्द्रनगरमा हुने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बाेहराले बताउनुभयो ।
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफकाे सहभागीता रहनेछ।
