राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट बिहीबारदेखि

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट बिहीबारदेखि हुने भएकाे छ । सहभागी हुने प्रदेशका ८ जिल्लाका टाेलीलाई दुई समूहमा विभाजन गरि छनाैट प्रतियोगितामा सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट समितिका उपाध्यक्ष तथा प्रतियोगिता सञ्चालन समितिका संयाेजक रमेशबहादुर बाेहराले जानकारी दिनुभयाे । समूह ए मा डडेल्धुरा,दार्चला,डाेटी,अछाम र समूह बी मा बैतडी,बझाङ, कैलाली कञ्चनपुर रहेका छन् । समूह ए का खेलहरू डडेल्धुरामा र समूह बी का खेलहरू कैलालीमा हुने जनाइएको छ । समूह ए काे शिर्ष स्थानमा रहने टाेलीले समूह बी का टाेलीहरूबीच प्रतिस्पर्धा गर्न पाउने छ। गत वर्ष भएकाे प्रदेशस्तरीय छनाैट पुगेका टाेलीले सिधै छनाैट प्रतियोगिता खेल्न पाउने र सेमिफाइनल नपुगेका टाेलीले सुपर लिग खेलेर शिर्ष स्थानमा पुगेर छनाैट तथा फाइनल राउन्ड खेल्न पाउनेछ ।

हाल समूह बी मा रहेका टाेली सेमिफाइनल पुगेका र समूह ए मा रहेका टाेली सेमिफाइनल नपुगेका हुन् । अमरगढीस्थित रालिलिला मैदानमा बिहीबार हुने समूह ए काे पहिलाे खेलमा दार्चुला र डडेल्धुरा तथा दाेस्राे खेलमा अछाम र डाेटी प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार हुने पहिलाे खेलमा दार्चुला र अछाम तथा डडेलधुरा र डाेटी भिड्नेछन् । यस्तै शनिबार हुने पहिलाे खेलमा डडेल्धुरा र अछाम तथा दाेस्राे खेलमा डाेटी र दार्चुलाबीच भिडन्त हुनेछ । यसैबीच शैनिक आवाशिय महाविद्यालयकाे खेलमैदानमा मंसिर २४ गते हुने समूह बी काे पहिलाे खेलमा कैलाली र कञ्चनपुर तथा दाेस्राे खेलमा बैतडी र बझाङ खेल्नेछन् । मंसिर २५ गते पहिलाे खेलमा कैलाली र समूह ए काे शिर्ष स्थानकाे टाेली तथम दाेस्राे खेलमा कञ्चनपुर र बैतडी आमनेसामने हुनेछन् ।

मंसिर २६ गते पहिलाे खेलमा बझाङ र समूह ए काे विजेता तथा दाेस्राे खेलमा बैतडी र कैलाली भिड्नेछन् । यस्तै मंसिर २७ गते पहिलाे खेलमा बैतडी र समूह ए काे विजेता तथा दाेस्राेमा कञ्चनपुर र बझाङ प्रतिस्पर्धा हुनेछ । मंसिर २८ गते पहिलाे खेलमा कैलाली र बझाङ तथा दाेस्राे खेलमा कञ्चनपुर र समूह ए काे विजेता टाेली खेल्नेछन् । मंसिर २९ गते अंकतालिकाकाे शिर्ष स्थानमा रहने दुई टाेलीबीच फाइनल खेल हुने जनाइएको छ । प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनाैट भएका खेलाडीले टाेली बनाएर राष्ट्रिय प्रतियोगिता खेल्नेछन् । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफकाे सहभागीता रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply