कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र १८ नम्बर वडास्थित महेन्द्रनगरका केही स्थानिय आन्दोलनमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र १८ नम्बर वडास्थित महेन्द्रनगरका केही स्थानिय आन्दोलनमा उत्रेका छन् । आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा मिसाउन पाउनुपर्छ भन्दै केही स्थानियहरु शुक्रवार नगरपालिकाको कार्यालय पुगेका थिए ।

एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारमा निर्माणाधिन ढलमा केही व्यक्तिहरुले नाली तोडेर सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए ।

नगरपालिको अहिले त्यसरी ढलमा मिसाइएका सेप्टी ट्याङकीको पानीका पाइप काटिरहेको छ । सेप्टी ट्याङकीको पानी सिधैँ ढलमा मिसाउदा हुनसक्ने स्वास्थ्य समस्या एवम् महामारीलाई मध्यनजर गर्दै नगरपालिकाको सेप्टी ट्याङकीको पानी ढलमा मिसाउनेहरुका पाइप काट्ने र उक्त कार्य गर्न रोक लगाइरहेको भीमदत्त नगरपालिको जनाएको छ ।

नगरपालिकाले सो कार्य गर्न नदिएपछि केही स्थानिय महेन्द्रनगर बजारवासिले सेप्टी ट्याङकीको पानी ढलमा मिसाउन पाउनुपर्छ भन्दै नगरपालिका पुगेका छन् । ‘महेन्द्रनगर बजारमा केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए ।’ नगरप्रवक्ता महेन्द्र खड्काले भने ‘नगरपालिकाले अहिले त्यसरी ढलमा मिसाइएका सेप्टी ट्याङकीका पाइप कााटिरहेको छ ।’

उननले अगााडी भने ‘ढलान भइसकेको क्षेत्रमा समेत केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएको जानकारी प्राप्त भएको छ । ती पाइप पनी नालीका ढक्कन निकालेर बन्द गर्ने कार्यमा समेत नगरपालिका अगाडी बढेको छ ।’

उनकाअनुसार यसरी सेप्टी ट्याङकीको पानी ढलमा हाल्दा महामारी फैलिने कुरालाई मध्यनजर गर्दै सो कार्य गर्न नगरपालिकाले रोक लगाइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply