सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बैतडीको महिला क्रिकेट टाेलीलाई ट्रयाकसुट प्रदान

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बैतडीको महिला क्रिकेट टाेलीलाई ट्रयाकसुट प्रदान गर्नुभएको छ । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट खेल्न कैलाली पुगेको टाेलीलाई रावलले ट्रयाकसुट प्रदान गर्नुभएको हाे । निवर्तमान मुख्यमन्त्री रावलले आफ्नो टिमलाई ट्रयाकसुट प्रदान गरेकाे बैतडीको महिला क्रिकेट टाेलीका कप्तान रितु कनाैजियाले जानकारी दिनुभयाे । यसअघि शुक्रबार बैतडीको दशरथचन्द नगरपालिकाले पनि उक्त टाेलीलाई टाेपी प्रदान गरेकाे थियोे । प्रदेशस्तरीय छनाैट प्रतियोगिता आइतबारदेखि कैलालीको तेघरीमा शुरु हुदैछ। बैतडीको पहिलाे खेल भाेलि बझाङसंग छ । रितु कनाैजियाकाे कप्तानी १४ सदस्यीय टाेली कैलाली पुगेकाे हाे ।

कप्तान रितुसंगै पिंकी बाेहरा,आरती बाेहरा,जानकी थापा,संगिता माैनी,करिष्मा थापा,निर्मला भण्डारी,रितु बुडाल,ममता बाेहरा,रबिना बाेहरा, बसन्ती बाेहरा, लक्ष्मी महर,रेनु पेला र ममता चन्द टाेलीमा रहेका छन् । दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा ३ दिन छनाेट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टाेली छनाैट गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो । बैतडीको टाेलीले राम्रो प्रदर्शन गर्दै च्याम्पियन बन्ने विश्वास गरिएको प्रशिक्षक दीपेन्द्रबहादुर बाेहराकाे विश्वास छ । प्रदेशस्तरीय छनाैटबाट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमकाे टाेली घाेषणा गरिनेछ । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफकाे सहभागीता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply