मकवानपुरको विकट कैलाश गाउँपालिकामा अवस्थित गुप्तेश्वर गुफा पर्यटकको पर्खाइमा

मकवानपुरको विकट कैलाश गाउँपालिकामा अवस्थित गुप्तेश्वर गुफा पर्यटकको पर्खाइमा छ । भौगोलिक विकटतासँगै प्रचार प्रसारको अभावमा ओझेलमा परेको प्राकृतिक गुफा पर्यटकको प्रतीक्षामा छ ।

मकवानपुरको कैलाश गाउँपालिका–१ र २ को सीमामा प्राकृतिक गुप्तेश्वर गुफा ऐतिहासिक र धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ । हेटौँडाबाट दुईवटा रुटबाट, काठमाडौँबाट दुई रुटको यात्रा गर्दै उक्त गुफासम्म पुग्न सकिन्छ भने चितवनतर्फबाट पनि उक्त गुफासम्म पुग्न सकिन्छ ।काठमाडौँबाट धादिङको गल्छी हुँदै गजुरीबाट कैलाश डाँडासम्मको करिब २० किलोमिटरको कच्ची सडकको यात्रापछि गुप्तेश्वर गुफा पुग्न सकिन्छ भने हेटौँडा बजारबाट मनहरी हुँदै करिब ६० किलोमिटरको दूरी पार गरेपछि उक्त गुफा पुगिन्छ । हेटौँडाबाट भैँसे चुनियाँ हुँदै नामटार कालिकाटारबाट करिब ७० किलोमिटर यात्रा गरेपछि गुफासम्म पुग्न सकिन्छ । गुप्तेश्वर गुफा पुग्ने अर्को सडक मार्ग हो, थाहा नगरपालिकाको डाँडाबास हुँदै पकनी, छ्याङ्दुङ सडक । उक्त सडक यात्राबाट ३० किलोमिटर यात्रा गरेपछि थाहा नगरपालिकाको पालुङ पुग्न सकिन्छ । पालुङबाट डाँडाबाससम्म पक्की र त्यसअघि कच्ची सडकको तीन घण्टा यात्रा गर्दा कैलाश गाउँपालिका–१ स्थित छ्यासो गुफासम्म पुग्ने सहज र छिटो सडक मार्ग भनेको गजुरी कैलाश सडक हो भने हेटौँडाबाट हेटौँडा मनहरी वा हेटौँडा– चुनिया– कालिकाटार सडक हो । काठमाडौँबाट गजुरी र गजुरीबाट कैलाशसम्मको कच्ची सडक हुँदै सहजै गुफासम्म पुग्न सकिन्छ । सो रुटबाट करिब डेढ घण्टामा नै गजुरी बजार पुग्न सकिन्छ ।

ङदुङबाट उत्तरपूर्वतर्फ खोलाखर्क र कैलाशको फेदीमा रहेको गुफा पुगिन्छ । हेटौँडाबाट मनहरी, राक्सिराङ, रतुवा हुँदै भार्ता, वाक्सिराङ सडक हुँदै करिब तीन घण्टाको यात्रापछि गुफामा पुग्न सकिन्छ । सो सडकको हेटौँडा–मनहरी खण्ड पक्की सडक हो भने त्यसभन्दा माथिका अधिकांश सडक कच्ची छन् । हेटौँडा चुनिया कालिकाटार हुँदै भार्ता वासिक्सराङ हुँदै चार घण्टाको यात्रापछि गुफा पुग्न सकिन्छ । हेटौँडाबाट चुनियासम्म पक्की र त्यसभन्दा अगाडिको सडक सबै कच्ची छ । हेटौँडाबाट गुफासम्म पुग्ने सडज रुट मनहरी हुँदै राक्सिराङ (बगरको) बाटो हो । गुफासम्म पुग्ने अधिकांश सडक हिउँदमा मात्र चल्छ । वर्षा लागेलगत्तै ती सडकको यात्रा निकै कष्टकर हुने गरेको छ ।

गुफाभित्र हीरा जस्तो चम्कने ढुङ्गा छ भने हात्तीको सुँड, कलात्मक मादल, चिल, शिवलिङ्ग, खेतका गह्रा, फूलका आकृतिहरू देख्न सकिन्छ । घट्टे खोलाको किनारमा अवस्थित उक्त गुफा कैलाश डाँडा र वैकुण्ठ (विष्णु कुण्ड) को फेदीमा अवस्थित छ । महादेव गुप्तवासका लागि लुक्दै जाने क्रममा खोलाखर्क र वैकुण्ठको बिच सिमानामा पर्ने फूलढुङ्गास्थित उक्त गुफामा लुक्न पुगेको किंवदन्ती रहेको छ । महादेव लुकेको गुफा भएकाले गुप्तेश्वर नामकरण गरिएको स्थानीयवासी बताउँछन् । करिब २०० मिटर लम्बाइको उक्त गुफा प्रवेश गरेलगत्तै मानिस मात्र छिर्न सक्ने सुरुङ छ । घुमाउरो सुरुङमा हताखुट्टा टेकेर निहुरिएर मात्र प्रवेश गर्न सकिन्छ । गुफाको भित्री भागमा दुईवटा कोठा जस्तै आकारका मैदान भाग छ । पहिलो १०–१५ मिटरको उक्त सुरुङ पार गरेलगत्तै केही सहज रूपमा बस्न मिल्ने ठाउँ भेटिन्छ । त्यहाँ हात्ती आकारको माटोको आकृति देखिन्छ । त्यससँगै खेतका गह्राका आकृति पनि देखिन्छ ।दोस्रो सुरुङ करिब पाँच मिटरको छ । पहिलोको सुरुङको तुलनामा केही सानो उक्त सुरुङ पार गर्न घुँडा टेकेर घस्रिनु पर्छ । सो सुरुङ पार गरेपछि पहिलो कोठा भेटिन्छ । त्यहाँ तपस्या स्थल, शिवलिङ्ग, केही मन्दिर र मूर्ति जस्ता आकृति भेटिन्छन् । शिवलिङ्गमा सुरुङको माथिबाट पानी खस्ने गर्दछ । यसलाई अमृत जल भनेर नामकरण गरिएको छ । उक्त कोठा करिब ७ फिट अग्लो रहेको छ । सुरुङको माथिल्लो भागमा मादल जस्तै बज्ने खण्ड खण्डका आकृतिकाहरू रहेका छन् । सेतो पदार्थले बनेको उक्त खण्डका आकृतिलाई हातले छुँदा मादल जस्तै आवाज निस्कने गर्दछ ।त्यसभन्दा अघि बढ्दा थोरै निहुरिएर प्रवेश गर्न सक्ने ढोकाको आकृति रहेको छ । थारै कोल्टे परेर उक्त प्रवेशद्वार पार गरेपछि दोस्रो कोठा फेला पार्न सकिन्छ । त्यहाँ पनि सानो हात्तीको आकृति रहेको छ । केही मूर्तिका आकार र माथिल्लो भागको आकर्षक बनोट रहेको उक्त कोठापछि गुफाको अन्त्य हुन्छ । गुफाको अन्तिम भागको तलतिर मानिस छिर्न नसक्ने सुरुङ छ भने माथिल्लो भागमा घुमाउरो सुरुङ छ । त्यसलाई स्वर्गद्वारी नामकरण गरिएको छ । सो सुरुङमा प्रवेश गर्न सकिँदैन । हेर्दा गुफाबाट बाहिर निस्किने आकृतिको देखिने उक्त सुरुङको यात्रा गर्न सक्ने अवस्था छैन । गुफाको शिरबाट उत्तरतर्फ हेर्दा अकर्षक हिमशृङ्खला देख्न सकिन्छ ।

गुफाभित्र देखिएका विभिन्न स्वरूपका आकृतिलाई ईश्वरीय शक्तिको स्वरूप मानेर पूजाआज गर्ने गरिएको छ । उक्त गुफाको बाहिर सङ्लो झरना, आडैमा रहेको मन्दिर र गुफाको वरपरबाट देखिने खोला खर्कको मनमोहक दृश्य त्यहाँको थप आकर्षण केन्द्रका रूपमा रहेको छ ।उक्त सुरुङ अवलोकनका लागि गाउँपालिकाले त्यस क्षेत्रमा अवस्थित अन्य पर्यटकीय गन्तव्यको एकीकृत विकासको योजना अघि सारेको छ । गुफा मात्र हेर्न पर्यटक नआउने भएकाले धार्मिक र सांस्कृतिक रूपमा जोडिएको कैलाश पर्वत र वैकुण्ठलाई समेत सो क्षेत्रको पर्यटकीय गन्तव्यको रूपमा विकासका लागि गाउँपालिकाले डीपीआर बनाएको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुुर मोक्तानले बताए ।उनका अनुसार पर्यटकहरूको सहजताका लागि पहिलो चरणमा गाउँपालिकाले सुरुङसम्म पुग्ने मार्गको स्तरोन्नति र पक्की बनाउन पहल गरेको छ । सडक मार्ग सहज नभएसम्म पर्यटकको आगमन कठिन हुने भएकाले गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने योजना बनाएको उनले बताए ।उनका अनुसार पर्यटकहरूको सहजताका लागि पहिलो चरणमा गाउँपालिकाले सुरुङसम्म पुग्ने मार्गको स्तरोन्नति र पक्की बनाउन पहल गरेको छ । सडक मार्ग सहज नभएसम्म पर्यटकको आगमन कठिन हुने भएकाले गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने योजना बनाएको उनले बताए ।‘पहिले सडकबाट गुफासम्मको पहुँच मार्ग नहुँदा समस्या हुने गरेको थियो । हामीले पहुँच मार्ग बनायौँ । गुफाभित्र लाइटको व्यवस्था गरेका छौँ । गुफा संरक्षण र प्रचार प्रसार समानान्तर रूपमा गरेका छौँ,’ उनले भने, ‘आगामी वर्षदेखि गुफालाई थप व्यवस्थित बनाउने योजना बनाएका छौँ ।’ गाउँपालिकाले गुफाबाट कैलाश पर्वत र वैकुण्ठ जोड्ने गरी डीपीआर गरेको छ । सिँढीमार्फत गुफाबट कैलाश र वैकुण्ठको विष्णु कुण्ड, पार्कलाई जोड्ने योजना बनाएको छ । त्यस्तै सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा सो क्षेत्रका स्थानीयवासीलाई पर्यटन व्यवसायमा जोड्न होमस्टे सञ्चालनका लागि प्रोत्साहन गर्ने योजना बनाएर काम गरिरहेका उनले बताए । ‘पहिले सडकबाट गुफासम्मको पहुँच मार्ग नहुँदा समस्या हुने गरेको थियो । हामीले पहुँच मार्ग बनायौँ । गुफाभित्र लाइटको व्यवस्था गरेका छौँ । गुफा संरक्षण र प्रचार प्रसार समानान्तर रूपमा गरेका छौँ,’ उनले भने, ‘आगामी वर्षदेखि गुफालाई थप व्यवस्थित बनाउने योजना बनाएका छौँ ।’ गाउँपालिकाले गुफाबाट कैलाश पर्वत र वैकुण्ठ जोड्ने गरी डीपीआर गरेको छ । सिँढीमार्फत गुफाबट कैलाश र वैकुण्ठको विष्णु कुण्ड, पार्कलाई जोड्ने योजना बनाएको छ । त्यस्तै सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा सो क्षेत्रका स्थानीयवासीलाई पर्यटन व्यवसायमा जोड्न होमस्टे सञ्चालनका लागि प्रोत्साहन गर्ने योजना बनाएर काम गरिरहेका उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply