टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा तेस्रो जित निकाल्दै बैतडी फाइनल नजिक पुगे

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा तेस्रो जित निकाल्दै बैतडी फाइनल नजिक पुगेको छ । बुधबार सम्पन्न खेलमा डडेल्धुरालाई ३२ रनले पराजित गर्दै बैतडी फाइनल नजिक पुगेको हो । बैतडीले दिएको १२० रनको लक्ष्य पन्छाएको डडेल्धुरा १९ ओभरमा ८७ रनमा समेटियो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बैतडीका निर्मला भणडारी र आरती बोहराले २÷२ विकेट हात पारे । त्यस अघि कैलालीको तेघरीस्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेको बैतडीले १९.४ ओभरमा ११९ रनमा अलआउट भयो । जसमा ममता बोहराले २१, पिंकी बोहराले १४ रनको योगदान गरिन् । डडेल्धुराका लागि सपना तामाङले ३, रेजिना कुँवर, निर्मला रावल,सविना नेगीले २÷२ विकेट हात पारिन् । बैतडीकि ममता बोहरा ओम्यान अफ द म्याच भएकी स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए । तीन जित र एक खेलमा हार ब्यहोरेको बैतडी फाइनल नजिक पुगेको छ । डडेल्धुरा भने बाहिरिएको छ । प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोली अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ । काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply