प्रहरी द्वारा छापा : तस्करको भागाभाग

धनगढी :- जिल्ला प्रहरी कार्यालय कन्चनपुर ले धमाधम बजारमा छापा हानेर भन्सार छलिगरेको अबैध सामान बरामद गर्न थालेपछि र सशस्त्र प्रहरी ले समेत कडाइ गर्न थालेपछी तस्करको भागाभाग भएको छ भने भन्सार राजस्वमा समेत वृद्धि भएको छ। असार मसान्तपछी ३ सय १३ पटक भन्सार छली गरेर भित्रीएको ३ करोड १८ लाख ९८ हजार ६ सय ३८ रुपैया को सामान बरामद भएको छ ।
कन्चनपुर भन्सार कार्यालय गड्डाचौकी ले आर्थिक बर्ष २०७९/८० मा लक्ष्य को ७१.४९ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सिमित भएको मा हालको तथ्यांक ले लक्ष्य पूरा हुने आशा राखेको भन्सार अधिकृत तथा निमित्त भन्सार प्रमुख तेजबहादुर रावल ले बताउनुभयो।

आर्थिक बर्ष २०८०/८१ को श्रावण महिनामा लक्ष्य ४१ करोड ४२ लाख २३ हजार भएकोमा ४० लाख ६८ हजार , भाद्र महिनामा ५० करोड ६लाख ३३ हजार लक्ष्य रहेको मा ५७ करोड ९८ लाख ३ हजार, असोज महिनामा लक्ष्य ५३ करोड ९० लाख ७० हजार रहेकोमा ५६ करोड ९० लाख , कार्तिक महिनामा ४८ करोड ९९ लाख ६० हजार लक्ष्य रहेकोमा ४८ करोड १३ लाख ९० हजार र मंसिर मा ५२ करोड ५९ लाख ७० हजार रहेकोमा २८ करोड १७ लाख १७ गतेसम्म राजस्व सड्ढलन भएको भन्सार अधिकृत रावल ले बताउनुभयो ।

कम्प्युटर अप्रेटर भुसण गिरि ले निर्यात अत्यन्तै न्यून भएको र आयात हुने बस्तुमा कपडा हार्डवेयर , खाध्यान्न ,तरकारी , ब्ल्याङ्केट , खेलकुद का सामाग्री र सवारीसाधन बाट राजस्व असुली हुने गरेको बताउनुभयो ।

त्यसैगरी भन्सार गस्ती ले २ लाख २७ हजार २ सय ३२ रुपैयाँ को अबैध सामान बरामद गरेको छ भने सशस्त्र प्रहरी बल ले १ करोड १९ लाख ४३ हजार ४ सय ६४ रुपैयाँ र नेपाल प्रहरी ले १ करोड ९७ लाख २७ हजार ९ सय ४२ रुपैयाँ बरामद गरेर भन्सार दाखिला गरेको भन्सारका नायब सुब्बा लोकेन्द्र बहादुर सिह ले बताउनुभयो ।

सशस्त्र प्रहरी बल का सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्य ले सशस्त्र प्रहरी सिमा सुरुक्षा को साथै भन्सार छली गर्नेहरुलाइ नियन्त्रण गर्न कुनै कसर बाकि नराख्ने बताउनुभयो । नेपाल प्रहरी ले केहिमहिना देखि भन्सार छली गरेर पसलमा समेत छापा हानेर अबैध सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय कन्चनपुर का प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगि ले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply