१२ माघ धनगढि
निङलाशैनी क्रिकेट क्लब(एनसीसी ),बैतडीमा जारी साेह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिताकाे फाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार सम्पन्न खेलमा त्रिपुरा क्रिकेट क्लबमाथि ८ विकेटको जित निकाल्दै एनसीसी लगातार तेस्रो जितका साथ फाइनलमा पुगेको हाे । त्रिपुराले दिएको ११९ रनकाे लक्ष्य एनसीसीले १५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे। जसमा कप्तान विक्रम वाेहराले अर्धशतकीय पारी खेल्दै ५९ रनमा अविजित रहे। विक्रमकाे याे तेस्रो अर्धशतक हाेे। त्रिपुराका निरज चन्दले २ विकेट हात पारे । यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे त्रिपुरा १७ ओभरमा ११९ रनमा समेटियो । उसका अशोक टमटाले सर्वाधिक ३३ रन बनाए । एनसीसीका वसन्त बाेहराले ४, कृष्ण बाेहराले ३ र कप्तान विक्रम वाेहराले २ विकेट लिए । विक्रम खेलका म्यान अफ द म्याच चुनिएका स्काेरर दिपेन्द्र बहादुर बाेहराले जानकारी दिनुभयो । सहिद दिवसकाे उपलक्ष्यमा बैतडी जिल्ला क्रिकेट संघको आयोजना र सहिद दशरथचन्द स्मृति प्रतिस्ठानकाे सहआयाेजनामा माघ ९ गतेदेखि प्रतियोगिता शुरू भएको हाे । उमेर समूहको याे प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।