आफ्नो डेब्यू खेलमा नेपाल ‘ए’ क्रिकेट टिम पराजित

फागुन ६ धनगढी
आफ्नो डेब्यू खेलमा नेपाल ‘ए’ क्रिकेट टिम पराजित भएको छ।

आइतबार मुलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा-११ ले ४ विकेटले पराजित गरेको हो।

नेपालले दिएको २१७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो।

क्यानडाका लागि नवनीत धलीवालले ८० रन जोड्दा निखिल दत्ताले नटआउट ६७ रन र श्रेयस मोभ्भाले नटआउट २३ रन जोडे।

बलिङमा नेपालका साहब अलामले २ विकेट लिए। उनले १० ओभरमा ३१ रन खर्चिए। यस्तै प्रतिश जिसी, रशिद खान, सागर ढकाल र बसिर अहमदले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर ८ विकेटको क्षतिमा २१६ रन जोड्यो।

नेपालका लागि बसिर अहमदले नटआउट ५० रन जोडे। उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै रशिद खानले ४० रन, किरण ठगुन्नाले २५ रन, विवेक यादवले २१ रन, ओपनर मयन यादवले ३५ रन र सन्दीप जोराले १४ रन जोडे।

बलिङमा क्यानडाका साद बिन जफरले ३ विकेट लिए भने इश्वर सोधीले २ विकेट हात पारे।

नेपाली क्रिकेटको इतिहासमा राष्ट्रिय टिमको ब्याकपअको रुपमा रहेको ‘ए’ टिमले पहिलो पटक खेल खेलेको हो।

अब दुई टिमबीच फागुन ८ गते दोस्रो र १० गते तेस्रो खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply