क्रिकेटर सन्दीप लामिछानेले बिहीबार उच्च अदालत पाटनमा काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनको निवेदन

११ फागुन धनगढी
क्रिकेटर सन्दीप लामिछानेले बिहीबार उच्च अदालत पाटनमा काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनको निवेदन दिएका छन् । बलात्कारकार कसुरमा उनी दोषी ठहर भएसँगै उनले उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन् ।

पुनरावेदन दर्ता गर्दै उनले थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने अनुमति दिन समेत माग गरेका थिए । उच्च अदालतले पाटनले पनि लामिछानेलाई थुना बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न अनुमति प्रदान गरेको छ ।

लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ बमोजिम थुना बाहिरै रहेर पुनरावेदन गर्ने अनुमति दिइएको हो । लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले बलात्कारको कसुरमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय तोकेको थियो । साथै उनलाई ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत सुनाइएको थियो ।

उनले काठमाडौँ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी राखेको र उक्त रकमले कैद तथा जरिवाना बराबरको रकम पुग्ने भएकाले फैसला अन्तिम नभएसम्मका लागि उनी थुनामा जान नपर्ने भएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार कैदमा नबसी कैद किन्ने सुविधा अन्तर्गत प्रतिदिन ३ सय रुपैयाँका दरले किन्न पाउनेछन् । यद्यपि सो व्यवस्था एक वर्षभन्दा कम कैद सजाय हुनसक्ने व्यक्तिका लागि मात्रै भए पनि कैदबापतको रकम भुक्तानीको गणना गर्दा सोही बमोजिम प्रतिदिन ३ सय रुपैयाँका दरले गणना गरिन्छ ।

सोही आधारमा हेर्दा सन्दीपलाई भएको ८ वर्ष कैदलाई ३ सय ६५ दिनले गुणा गर्दा कुल २ हजार ९ सय २० दिन हुन आउँछ । २ हजार ९ सय २० दिन कैदमा बस्नुपर्दा प्रतिदिन ३ सय रुपैयाँका दरले कैदबापतको रकम भुक्तानी हुँदा लामिछानेले १० लाख ६५ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

याे पनि
सन्दीप लामिछानेले थुना बाहिरै रहेर पुनरावेदन गर्न सक्ने

त्यसबाहेक जरिवाना बापत लामिछानेले ३ लाख रुपैयाँ र क्षतिपूर्तिबापत २ लाख गरी कुल ५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा लामिछानेले १५ लाख ६५ हजार ८ सय रुपैयाँ धरौटीमा रहेको अवस्थामा उनले थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । तर यसअघि नै लामिछानेले उच्च अदालत पाटनको आदेश अनुसार २० लाख रुपैयाँ धरौटी राखिसकेकाले सो रकमले धानेसम्म सोही रकम र सो रकमले नधानेको अवस्थामा थप धरौटी लिई थुनाबाहिरै रहेर पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेकाले लामिछानेले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply