प्रधानमन्त्री प्रचण्डले गरे नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल उद्घाटन

१२ फागुन धनगढी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन्।

सिराहा नगरपालिका-१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका-६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको शनिबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन्।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ।

झोलुङ्गे पुल उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको बताए।

उनले निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याउने र दुई जिल्लाको पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए।

करिब २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ।

झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply