जयपृथ्वी नगरपालिका ७सुवेडाका ४० बर्षिया राम प्रशाद जोशीको हत्या

१४ फागुन धनगढी
बझाङ्गमा एक युवकको हत्या भएको छ । जयपृथ्वी नगरपालिका ७सुवेडाका ४० बर्षिया राम प्रशाद जोशीको हत्या भएको हो । जोशीको गाँउकै बाबुछोरा जय ब. हमाल र जनक हमालले मिलेर कुटपिट गरेका थिए । हमाल बाबुछोराको कुटपिटबाट घाईते भएका जोशीको अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ । मृतक जोशीका आफन्त राधाकृष्ण जोशीले आइतबार दिउँसो हमालका बाबुछोरा मिलेर राम प्रशादमाथि हमला गरेका थिए । हमाल समुहको हमलाबाट घाईते भएका रामप्रशादको मृत्यु भएको बताए । जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रमुख भरत बहादुर शाहले राम प्रशाद जोशीमाथि कुटपिट गर्ने जय ब. हमाल र जनक हमाललाई राती नै पक्राउ गरेको बताए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए । मृतकका आफन्तले घटनाको सुक्ष्म अनुसन्धान गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply