कोशीमा माओवादीलाई झट्काबारे प्रचण्ड : कांग्रेसको संस्थागत नभई गुटगत प्रभाव

१६ फागुन धनगढी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा कोशीमा पार्टीको उम्मेदवार पराजित हुनुमा कांग्रेसको संस्थागत नभई गुटगत प्रभाव भएको जवाफ दिएका छन् ।

बुधबार केन्द्रीय कार्यालय पेरिसडाडाँमा सम्पन्न स्थायी समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले तत्काल गठबन्धनको विकल्प नभएको बताएको एक नेताले जानकारी दिए । यद्यपि कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा भएका छलफलप्रति भने आफू गम्भीर रहेको प्रचण्डको भनाइ थियो ।

ती नेताका अनुसार शान्ति सम्झौतादेखि लोकतान्त्रिक गणतन्त्र स्थापना, संविधान निर्माण तथा सत्ता सहकार्य गरेको दलका मुख्य नेताबाट नै जनयुद्धलाई अपमानित हुने भाषा प्रतिवेदनमा उल्लेख गर्नुले गम्भीर बनाएको प्रचण्डको भनाइ थियो । यस्तै संविधानले परिकल्पना नगरेको हिन्दूराष्ट्रको पक्षमा बहस केन्द्रित हुनु र चुनावअघि गठबन्धन नगर्ने प्रतिवेदन आउनुलाई पनि सहज रूपमा लिन नसकिने प्रचण्डको भनाइ रहेको थियो ।

यस विषयमा आफूले रक्षा मन्त्री एवं कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग कुराकानी गरेको प्रचण्डले बैठकलाई जानकारी गराएका थिए । जवाफमा खड्काले उक्त शब्दावली आफूले नराखेको र कसैले भूलवश राखेको हुनसक्ने भन्दै त्यसलाई परिमार्जन गरी अनुमोदन गर्ने प्रतिबद्धता जनाएको प्रचण्डले बैठकमा बताएका थिए ।

‘कोशीमा हाम्रा उम्मेदवार दुर्घटनामा पर्नु कांग्रेसको संस्थागत नभई गुटगत प्रभाव हो । गठबन्धनका उम्मेदवार सबै निर्वाचित नहुनुमा शेरबहादुर देउवाजी गम्भीर हुनुहुन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘उहाँले आगामी दिनमा यस्ता गल्ती हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।’

प्रचण्डले अगाडि भने, ‘जहाँसम्म कांग्रेसको भर्खर सकिएको महासमिति बैठकमा गठबन्धनलाई अप्ठ्यारो पार्ने खालका जिम्मेवार नेताबाट आएका प्रतिवेदन आएका छन्, संविधानविपरीत हिन्दु राष्ट्रको पक्षमा जसरी बहस केन्द्रित भयो । यसले स्थिति निकै गम्भीर देखिएको छ । यस्तै जनयुद्धलाई अपमानित गर्ने प्रतिवेदनमा शब्दावली राखिएकोप्रति पूर्णबहादुरजीसँग मैले कुराकानी गरेको छु । उहाँले शब्दावली राखिएको आफूलाई नै थाहा नभएको र कसैले राखेको भए त्यसलाई परिमार्जन गर्छु भन्नु भएको छ । तत्काल गठबन्धनको विकल्प खोज्नु उचित छैन ।’

यद्यपि आगामी दिनमा आफ्ने खुट्टामा उभिने गरी पार्टीले तयारी भने गर्नुपर्ने प्रचण्डले बताएका थिए ।

माओवादीको तीन प्रवास प्रदेश समितिमा भुसाल, पन्त र कार्कीलाई इन्चार्जको जिम्मेवारी
कार्यविभाजनबारे जनार्दन शर्माको फरक मतमा के छ ? (पूर्णपाठ)
कांग्रेसको फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको महामिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदनमा माओवादी जनयुद्धका कारण देश बर्बाद भएको निष्कर्ष निकालेका थिए ।

यस्तै महासमिति बैठकमा ४१ जना केन्द्रीय नेताहरूले हिन्दु राष्ट्रको पक्षमा कांग्रेस उभिने पर्ने प्रस्ताव गरेका थिए । महामन्त्री गगन थापाले सङ्गठनात्मक प्रस्तावमा भविष्यमा निर्वाचनअघि गठबन्धन नगर्ने प्रस्ताव गरेका थिए ।

कांग्रेसको महासमिति बैठकमा छलफल भएका यी विषयलाई लिएर मंगलबार बसेको बैठकमा नेताहरूले गम्भीर असहमति जनाएका थिए । गठबन्धनप्रति आफूहरूले राजनीतिक संस्कार देखाए पनि कांग्रेसले बारम्बार धोका दिएको आरोप लगाएका थिए । स्थानीय तह, प्रदेश, संघसहित सबै निर्वाचनमा कांग्रेसलाई माओवादीले इमानदारीपूर्वक भोट हालेको तर त्यसको बदला कांग्रेसले धोका मात्र दिएकाले गठबन्धनको औचित्यप्रति नै प्रश्न उठाएका थिए । यही विषयमा जवाफ दिँदै प्रचण्डले धोका पाउनुमा कांग्रेसको एउटा समूहलाई मात्रै दोष दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले कार्यनीतिक रुपाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए । ‘यो रणनीतिक होइन । कार्यनीति रूपमा आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेका छौं । गठबन्धन गर्ने÷नगर्ने विषय तत्कालीन परिस्थिति अनुसार कार्यनीतिक विषय हो । यसले तत्विक रूपमा गठबन्धनलाई कुनै असर गर्दैन’, सापकोटाले भने ।

माओवादीले टुङ्ग्यायो कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

यस्तै राष्ट्रिय सभा अध्यक्षमा कुनै हालतमा कांग्रेसलाई नछाड्न स्थायी समिति सदस्यहरूले अध्यक्ष प्रचण्डलाई खबरदारी गरेको सचिव दीनानाथ शर्माले बताए ।

‘माओवादीसँग सहकार्यबाट कांग्रेस पहिलो पार्टी बन्यो । जनयुद्धकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । उसैलाई अपमान गर्नेगरी महासमितिमा छलफल भएको छ । गठबन्धन दलहरूले यसमा गम्भीर रूपमा सोच्नुपर्छ । जनयुद्धलाई अपमानित गरेर कांग्रेससँग सहकार्य गर्न सकिँदैन भनेर सबै नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ’, शर्माले भने, ‘राष्ट्रिय सभामा अध्यक्ष नलिने हो भने भोलि हाम्रो संवैधानिक परिषदमा उपस्थिति शून्य हुन्छ भनेर नेतृत्वको खबरदारी गर्नुभएको छ । अध्यक्षज्यू भावुक हुनुहुन्छ, फकाएपछि फकिनुहुन्छ तर कुनै हालतमा पनि राष्ट्रिय सभा अध्यक्ष छाड्न सकिँदैन भनेर धेरैको मत आएको छ । उहाँले बैठकको निर्णय अनुसार आफू अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ ।’

विधान मस्यौदालाई अन्तिम रूप दिन तथा पदाधिकारीसहित स्थायी समिति सदस्यहरूको कार्य विभाजन गर्ने प्रयोजनका लागि निर्णय लिन २८ गते अर्को बैठक बोलाएको शर्माले जानकारी दिए ।

आगामी निर्वाचनमा माओवादीले एक्लै निर्वाचन लड्ने

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply