बिहीबार संघीय संसद्अन्तर्गतका चारवटा संसदीय समितिको बैठक

१७ फागुन धनगढी
बिहीबार संघीय संसद्अन्तर्गतका चारवटा संसदीय समितिको बैठक बस्दैछ।

सिंहदरबारमा ती समितिहरूको बैठक बस्न लागेको हो।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरू भएको छ।

बैठकमा फालामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कबारे छलफल हुनेछ।

विशेषतः समितिको २०७० साल असार ६ गते भएको निर्णय कार्यान्वयनका सन्दर्भमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ।

बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान र राजस्व अनुसन्धान विभागको काम–कारवाहीबारे छलफल हुनेछ।

बिहान साढे ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ

यसैगरी दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। जहाँ नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply