शालिन पोखरेलको मृत्यु प्रकरणमा अजिरकोट गाउँपालिकाले भन्यो–घटनालाई अतिरञ्जित नगरौँ

२० फागुन धनगढी
शालिन पोखरेलको मृत्यु सम्बन्धी घटनामा गोरखाको अजरिकोट गाउँपालिकाले अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सद्भाव कायम गर्न सवैमा अपिल गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पालिकाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको लागि पहलकदमी लिन प्रतिबद्ध रहेको जनाएको हो । साथै यो गम्भीर विषयमा सम्बन्धित निकायलाई निष्पक्ष ढंगले अनुसन्धानको लागि पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

अजिरकोट गाउँपालिका स्थायी ठेगाना भएकी १४ वर्षीय बालिका शालिन पोखरेल गत फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन बोर्डिङको होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply