नाबालिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

२० फागुन धनगढी
नाबालिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी दिपकराज अवस्‍थीले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २६ गोल्कोपाखा बस्ने २२ वर्षीय सुमन खत्री छन्।

उनलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो।

एसपी अवस्थीका अनुसार उनले एक जना नाबालिकाको तस्बिरहरू डाउनलोड गरेका थिए। नक्कली आइडी खोलेर ती नाबालिकाको तस्बिर पोष्ट गर्दा अश्लिल क्याप्सन राखेर चरित्र हत्या गरेका थिए।

त्यस्तै नाबालिका तथा उनका परिवार सदस्यहरूलाई अश्लिल तस्बिर, भिडिओ पठाएर हैरानी दिएको भन्दै पीडित प्रहरीकहाँ पुगेकी थिइन्।

त्यसमाथि अनुसन्धान गरी खत्रीको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

खत्रीले आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन)को प्रयोग गरेका थिए। यद्यपि प्रहरीले प्राविधिक विश्लेषण गरी उनको संलग्नता खुलाएको थियो।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply