वनदेवी सामुदायिक वन द्वारा पेनाल्टी सुटआउट प्रतियोगिता

सरस्वती सुनार
कञ्चनपुर :कृष्णपुर नगरपालिका ९ राजघाट स्थित वनदेवी सामुदायिक वनले समृद्धिका लागि सामुदायिक वन र स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ मंगलबार पिपरिया सव डिभिजन अन्तर्गत मैत्रीपूर्ण पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता सामुदायिककाे प्राङ्गणमा गरेको छ ।

पेनाल्टी सुटआउटमा सामुदायिक वन समितिमा आवद्ध भएकाहरुले मात्रै सहभागीता जनाउन पाउने आयोजक समितिका अध्यक्ष निरज भण्डारीले बताए ।
वनदेवी सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा प्रतियोगिता भएको थियोे । प्रतियोगितामा ११ टिमको सहभागिता रहेका छन् । सहभागी हुने सामुदायिक वनहरु सीता सामुदायिक वन उपभोक्ता समुह जाेरायल, गौरादेवी सामुदायिक वन उपभोक्ता समुह घाेडाघाट, आयाेजक टिम वनदेवी सामुदायिक वन उपभोक्ता समुह राजघाट, जानकी सामुदायिक वन उपभोक्ता समुह पिपरिया, विरेन्द्र सामुदायिक वन उपभोक्ता समुह विचवा, उग्रतारा सामुदायिक वन उपभोक्ता समुह कलुवापुर, सिंहपुर सामुदायिक वन उपभोक्ता समुह सिंहपुर, वनदेवी सामुदायिक वन उपभोक्ता समुह गुलरिया, नमुना सामुदायिक वन उपभोक्ता समुह चपरतला, सव डिभिजन कार्यालय पिपरिया, आमन्त्रित पाहुना टिम लगायत११ टिम सहभागी गराएका थिए । वनदेेवी सामुदायिकमा पहिलो पटक खुला पेनाल्टी सुटआउट प्रतियोगिता भएको हो ।
एउटा टिममा ६ जना खेलाडी रहनेछन् । ५ जना खेलाडीले पेनाल्टी प्रहार गरेका थिए भने एक जना गोलरक्षक। टिममा महिला पुरुष दुवै समावेश गरी एकदिनमै प्रतियोगिता सम्पन्न भएको थियोे ।
पेनाल्टी सुट आउटकाे उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय ओम विक्रम भाट सरले गरेका थिए ।
पेनाल्टी सुटआउटको विजेता टिमले ३५ किलो खसी तथा उपविजेताले २४ किलो खिसी र प्रमाणपत्र पाएका छन् ।
पेनाल्टी सुटआउटमा जानकी सामुदायिक वन उपभोक्ता समुह पिपरिया प्रथम र नमुना सामुदायिक वन चपरतला दृतिय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply