नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

फागुन २३ धनगढी
नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सरकारलाई समर्थन गरेर गत जेठ ६ गते माओवादी सरकारमा सामेल भएको थियो।

सरकारले सुशासन, विकास र जनतामा आशा सिर्जना गर्न नसकेको आरोप माओवादीको छ।

यो पनि: प्रदेश सरकार बनाउन नयाँ गठबन्धनलाई चाहिन्छ थप दलको साथ

मुख्यमन्त्री कमलबहादुर शाहीले माओवादीका तीन जना मन्त्रीलाई मंगलबार पदबाट बर्खास्त गरेका थिए।

देशको राजनीतिमा आएको परिवर्तन र सरकारले माओवादीका मन्त्रीहरूलाई पदमुक्त गरिसकेकोले आजैका मितिदेखि कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएको माओवादीले विज्ञप्ति निकालेर जानकारी गराएको छ।

यो पनि: सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बर्खास्त गरे माओवादीका मन्त्री

माओवादीले समर्थन फिर्ता लिए पनि शाही नेतृत्वको सरकार बहुमतमै छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ जना सांसदको साथ चाहिन्छ।

एमालेका १० र माओवादी केन्द्रका ११ गरी यहाँ नयाँ गठबन्धनका २१ जना सांसद छन्। बहुमत पुर्‍याउन अझै ६ सांसद आवश्यक पर्छ। यसका लागि नयाँ गठबन्धनले थप दलहरूको साथ लिनुपर्ने हुन्छ।

कांग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद पनि छन्। कांग्रेस नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको समर्थन भने कायमै छ।

यस्तो छ पत्र:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply