पक्राउ परेका मिटरब्याज पीडितहरूलाई प्रहरीले रिहा गर्ने तयारी

फागुन २३ धनगढी
पक्राउ परेका मिटरब्याज पीडितहरूलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ । बालुवाटार घेराउ गर्न पुगेका २० जना मिटर ब्याज पीडितहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरूलाई अहिलेसम्म रिहा गरेको छैन । दिउँसो पक्राउ परेका साथीहरूलाई प्रहरीले अहिलेसम्म नछाडेको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्गराज जैशीले बताए ।

प्रहरीले समिति अध्यक्ष अवधेश कुश्वाहसहितका २० जनालाई बालुवाटारको निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै पक्राउ गरेको थियो । पक्राउ परेकालाई जिम्मा जमानीमा छाड्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र बहादुर खत्रीले बताए ।

उनीहरुको रिहाइको माग गर्दै पीडितहरूले बालुवाटारको निषेधित क्षेत्र नजिकै धर्ना दिइरहेका छन् ।

मिटरब्याज पीडितहरू गत माघ १६ गतेदेखि विभिन्न ६ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरूसँग सरकारले पाँच पटक वार्ता गरिसकेको छ । तर, वार्ता निष्कर्षमा पुग्न सकेको छैन । उनीहरूले आफ्ना समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

याे पनि
बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरु पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply