मैत्रीपूर्ण टी-२० क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य

२६ फागुन धनगढी
मैत्रीपूर्ण टी-२० क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ।

शनिबार हङकङमा जारी खेलमा नेपाललाई हङकङले २१३ रनको लक्ष्य प्रस्तुत गरेको हो।

निर्धारित २० ओभरको खेलमा हङकङले ६ विकेट गुमाएर २१२ रन बनाएको हो।

अन्तिम ओभरमा डेब्यु गरेका खेलाडी आकाश चन्दले दुई विकेट लिए।

उनले ११० रन बनाएका बाबर हायातलाई र यासिम मुर्ताजालाई आउट गरेका हुन्।

बाबरले ४९ बलमा १३ छक्का र तीन चौका प्रहार गरेका थिए। यासिम शून्यमै आउट भएका थिए।

त्यसअघि राशिद खानले १४औं ओभरमा जेमी एत्किन्सनको विकेट लिएका हुन्। खानले उनलाई एलबिडब्ल्युमा आउट गरेका हुन्। एत्किन्सन शून्यमा आउट भए।

प्रतिश जिसीले १३ औं ओभरमा अन्शी राथलाई आउट गरेका थिए। ३९ रन बनाएका उनलाई गुलशन झाले क्याच आउट गरेका थिए।

त्यसअघि पाँचौं ओभरमा डेब्यु गरेका आकाश चन्दले मार्टिन कोइत्जीको विकेट लिएका थिए। उनी ३१ रन बनाएर आउट भए।

आरिफ शेखले तेस्रो ओभरमा निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए।

त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई सिरिज सुरू हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेलिरहेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ। नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply