आइतबार जारी घरेलु टोलीविरुद्धको खेल वर्षाका कारण रोकिएको छ

फागुन २७ धनगढी
हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोलीविरुद्धको खेल वर्षाका कारण रोकिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोखिएको हो ।

वर्षा रोकिएपछि खेल पुनः अगाडि बढ्ने छ । हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको पहिलो बलमै हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई गुलसन झाद्वारा क्याच गराएका थिए । शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply