जनप्रगतिशील मञ्चको प्रथम अधिवेशन माल्टामा हुने

धनराज विक (अविरल) फागुन २८ (युरोप)
धनगढी : नेपाली जनप्रगतिशील मञ्चको प्रथम अधिवेशन माल्टामा हुने भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन जनप्रगतिशील मञ्चको अधिवेशन यही मार्च १३ तारीखका दिन माल्टाको द ब्ल्याकपलमा दिउँसो ३ बजेदेखि संचालन हुने जनप्रगतिशील मञ्च माल्टाका महासचिब अशिम लोप्चन तामाङले जानकारी दिएकाछन् ।

हामीले माल्टामा रहेका नेपाली संघसंस्था र भातृसंगठनका सबैलाई निमन्त्रणा गरी सकेका छौं । अधिवेशनलाई सभ्य रुपमा सम्पन्न गर्न सबै तयारीको काम भई सकेको तामाङले बताए । युरोप स्तरिय जनप्रगतिशील मञ्चको अधिवेशन युरोपको स्पेन देशमा मार्च १७ र १८ तारीखमा हुन लागेकोले अधिवेशनमा सबै प्रगतिशीलहरुको उपस्थिति रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply