आज मंगलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुदैछ

२९ फागुन धनगढी
आज(मंगलबार) राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुदैछ । रिक्त राष्ट्रिय सभा अध्यक्षको लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा अध्यक्षका लागि माओवादीका ससद नारायण दाहाल र काँग्रेस संसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन ।

सत्तागठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी प्रस्तावक र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन ।

कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा) का शेखरकुमार सिंह छन । संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारहरूको मनोनयन दर्ता गराउनुपर्ने कार्यतालिका छ ।

निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । रिक्त पद पूर्तिका लागि निर्वाचन हुन लागेको हो । ‘राष्ट्रिय सभाका कुनै सदस्यलाई अध्यक्ष पदमा निर्वाचित गरियोस भनी प्रस्तावको सूचना दिने समय सोमबार ११ देखि १ बजेसम्मलाई संसद् भवनको ल्होत्से हलमा तोकिएको छ ।’

एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । चितवनको भरतपुरबाट प्रतिनिधित्व गर्ने दाहाल ०७८ चैतमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । पाँचदलीय गठबन्धनमा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने सहमति छ । वर्तमान उपाध्यक्ष उर्मिला अर्याल माओवादीबाट अध्यक्षको दाबेदार थिइन् । लुम्बिनीबाट हालै निर्वाचित झक्कु सुवेदी पनि दाबेदार थिए । तर, माओवादी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकपछि पार्टी सचिव चक्रपाणि खनालले भने, ‘पदाधिकारी बैठकले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । झक्कु सुवेदी, उर्मिला अर्याललगायतको नाम पनि आएको थियो, तर दाहाललाई नै उम्मेदवार बनाउने पक्षमा निर्णय भयो ।’

उता कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमतिका साथ नेता कृष्णप्रसाद सिटौलालाई कोशीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित गराएको थियो । तर, पुरानो सत्तासमीकरण बदलिएसँगै माओवादी र कांग्रेस फरक कित्तामा पुगेपछि कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको हो । बाँकेबाट प्रतिनिधित्व गर्ने शर्मा २१ फागुन ०७८ मा लुम्बिनीबाट निर्वाचित भएका थिए । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रहेका सिटौलाले पार्टीले अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

संसद् सचिवालयका अनुसार निर्वाचनको दिन मंगलबार ११ बजेर ९ मिनेटमा संसद् बैठक बोलाइएको छ । बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने कार्यसूची छ । त्यस्तै, एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त हुन आए संक्षिप्त छलफल हुनेछ भने प्रस्तावलाई दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका महासचिव पाण्डेयले बताए । सत्ता गठबन्धनका दाहाल बलिया देखिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply