नेपाली जनप्रगतिशील मञ्चको प्रथम अधिवेशन आज हुँदै

धनराज विक (अविरल) फागुन ३० (युरोप)
धनगढी : नेपाली जनप्रगतिशील मञ्चको प्रथम अधिवेशन माल्टामा आज हुने भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन जनप्रगतिशील मञ्चको अधिवेशन आज मार्च १३ तारीखका दिन माल्टाको द ब्ल्याकपलमा दिउँसो ३ बजेदेखि सुरुहुने जनप्रगतिशील मञ्च माल्टाका महासचिब अशिम लोप्चन तामाङले जानकारी दिएकाछन् ।

हामीले माल्टामा रहेका नेपाली संघसंस्था र भातृसंगठनका सबैलाई निमन्त्रणा गरी सकेका छौं । अधिवेशनलाई सभ्य रुपमा सम्पन्न गर्न सबै तयारीको काम भई सकेको र युरोपका अन्य देशबाट पनि अतिथिहरु आइसकेको तामाङले बताए । युरोप स्तरिय जनप्रगतिशील मञ्चको अधिवेशन युरोपको स्पेन देशमा मार्च १७ र १८ तारीखमा हुन लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply