चैतमा एनआइसी एशिया बाहेक सबै वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाए

फागुन ३० धनगढी
चैतमा एनआइसी एशिया बाहेक सबै वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

फागुनमा मुद्दती निक्षेपको ब्याजदर औसत ७.७ प्रतिशत रहेकोमा थप घट्ने भएको हो।

चैतको लागि बैंकहरूले औसत ७.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका हुन्।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ।

चैतको लागि बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ८.५४ प्रतिशत र न्यूनतम ५.६६ प्रतिशतसम्म दिने भएका छन्। फागुनको लागि न्यूनतम ६.४४ प्रतिशत र अधिकतम ८.५ प्रस्ताव गरेका थिए।

एनआइसी एशियाले सबैभन्दा धेरै ८.५४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ। बैंकले यसअघि अधिकतम ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको थियो।

सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले प्रस्ताव गरेको हो। कृषि विकास बैंकले ५.६६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको हो।

एनआइसी एशियामा गत महिना उच्च दरमा निक्षेप झिकिएको कारण बैंकले ब्याजदर बढाएर प्रस्ताव गरेको देखिन्छ।

बैंकहरूमा अधिक तरलता रहेकोले चैतको लागि बैंकहरूले ब्याजदर घटाएका हुन्। हाल बैंकहरूमा ६ खर्बभन्दा बढी अधिक तरलता छ।

तर, बैंकहरूको कर्जा लगानीमा वृद्धि हुन सकेको छैन। राष्ट्र बैंकले हालै प्रकाशित गरेको तथ्यांक अनुसार माघसम्ममा बैंकहरूको कर्जाको वृद्धि दर ४.१ प्रतिशत थियो।

बैंक चैतको लागि ब्याजदर फागुनको लागि ब्याजदर
एनआइसी एशिया बैंक ८.५४ ८
माछापुच्छ्रे बैंक ७.७५ ८
सिटिजन्स बैंक ७.७५ ८.२५
ग्लोबल आइएमई बैंक ७.६ ७.६
कुमारी बैंक ७.५१ ८.०१
सिद्धार्थ बैंक ७.५ ८
हिमालयन बैंक ७.५ ८.१५
प्रभु बैंक ७.५ ७.५
लक्ष्मी सनराइज बैंक ७.५ ८
नबिल बैंक ७.२५ ७.७५
सानिमा बैंक ७.२५ ७.५१
प्राइम कमर्सियल बैंक ७.२५ ७.४
नेपाल एसबिआइ बैंक ७.०१ ८.१
एनएमबी बैंक ७ ८.५
स्ट्यान्डर्ड चार्टर्ड बैंक ७ ७.३५
नेपाल बैंक ७ ७.२५
नेपाल इन्भेष्टमेन्ट बैंक ७ ८
राष्ट्रिय वाणिज्य बैंक ७ ७.३५
एभरेष्ट बैंक ६.५ ८
कृषि विकास बैंक ५.६६ ६.४४
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० ११:४८
सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply