५ रन बनाएर आउट भए कुशल भूर्तेल

फागुन ३० धनगढी
त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जित्न १७२ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनर गुमाएको छ।

तेस्रो ओभरको चौथो बलमा कुशल भूर्तेल आउट भएका हुन्। ८ बल खेलेका उनले ५ रन मात्रै बनाएका थिए। भूर्तेललाई काबुओ मोरियाले बोल्ड गरेका हुन्।

यसअघि पहिलो ओभरको चौथो बलमा ओपनर बिनोद भण्डारी आउट भएका थिए। उनलाई पनि मोरियाले नै बोल्ड गरेका हुन्।

नेपालका ओपनर विनोद भण्डारी पहिलो ओभरको चौथो बलमा आउट भएका हुन्।

२ बल खेलेका भण्डारीले ४ रनमात्रै बनाउन भ्याए।

दुई विकेटपछि कप्तान रोहितकुमार पौडेल र गुल्सन झा ब्याटिङमा छन्।

चौथो ओभर चलिरहँदा नेपाल २२ रन बनाएर खेलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply