ठेकेदारले हुलाकी अलपत्र छाडेपछि क्रान्तिकारी युवा संगठनद्वारा कार्यालयमा तालाबन्दी

२ चैत धनगढी
ठेकेदारले कञ्चनपुरमा निर्माण भईरहेको हुलाकी सडक निर्माणमा अलपत्र छाडेपछि बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले हुलाकी राजमार्ग आयोजना कार्यालयमा तालाबन्दी गरेको छ ।

हुलाकी सडक निर्माणमा ठेकेदारको चरम लार्पबाही गरेको र सडक अलपत्र छाड्ने निर्माण कम्पनीलाई काममा लगाउन नसक्नेदेखि कार्बाही गर्न नसकेको भन्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीमा तालाबन्दी गरेको हो । क्रान्तिकारी युवा संगठन नेपालले कञ्चनपुरको दैजी–बेलडाँडी–बेलौरी–पुर्नवास हुँदै डोकेबजार जोड्ने हुलाकी सडक निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवा र बाबाहंस सिद्धिकीशाहीले चरम बेवास्ता गरेको भन्दै तालाबन्दी गरेको जनाएको छ ।

दुई साता अघि क्रान्तिकारी युवा संगठन नेपालले सडक निर्माणको काम शुचारुको माग अघि सारेर हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीमा कालो ब्यानर टाँसेको जनाएको छ । जनतालाई दुख दिने काम गरेको भन्दै क्रान्तिकारी युवा संगठन नेपालले समयमै निर्माण कार्य अघि नबढाएर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

३० महिनामा सक्नुपर्ने काम ७० महिना वितिसक्दा पनि ६२किलोमिटर सडक पुरा नहुँदा जनता हैरान भएका छन । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ७० महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ ।

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सुचना अधिकारी पदम मडैले चार पटक म्याद थप गरेर पनि दुवै कम्पनीले सडक निर्माण पुरा नगरेको बताए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिईएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंससिद्धिकीले पाएका थिए । तर दुवै कम्पनीले ०७९ भदौँ पहिलो सातासम्ममा समेत काम गर्न सकेका छैनन ।

कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ ।

निर्माण कम्पनीले सम्झौता गरेको ७० महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ । पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे भएको छ ।

बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् । भारतीय पक्षले सो क्षेत्रको १२सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध नभएपनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ ।

शर्माजेभी निर्माण कम्पनीका ईन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्याद भित्रै काम नसकिएको बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले १ बर्ष काममा अवरोध गरिदिएको थियो । बेलडाँडी क्षेत्रको ४ सयमिटर सिँचाईको जमिन विवाद, कोडिभका कारण ढिलासुस्ती भएको बताए । ‘बर्षा रोकिए लगत्तै काम गछौँ, ‘उनले भने, ‘बेस बनिसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी हो ।’ हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व स्रसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ । स्थानीयले समेत पटक पटक ठेकेदार कम्पनी, स्थानीयदेखि केन्द्रीय सरकारलाई घचघच्याउँदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply