एउटा सुपरहिट पाकिस्तानी फिल्म, हेर्नुहोस् युट्युबमा

चैत ०३ धनगढी
गुड फ्राइडे सिनेमा
यो आर्थिक संकटबाट गुज्रेका तीन पात्रहरूको कथा हो। श्रीमती र बहिनीसँग बस्ने शकील अन्सारी (जावद शेख) को घरमा फरहान अहमद (फहाद मुस्तफा) र मून (मोहसिन अब्बास हैदर) पनि बस्छन्।

बीमा कम्पनीमा काम गर्ने शकीलमा ग्राहक बनाउने कला छैन। शकीलसँग घर त छ तर उसको घर सरकारले भत्काउने निश्चित छ। त्यसमाथि ऊ बहिनीको बिहेका लागि दाइजो र अन्य खर्च जुटाउने चिन्तामा छ। यही चिन्ताले ऊ मर्न भनेर रेलवे लिकमा समेत सुत्छ।

मून घरका मान्छेलाई दुबईमा छु भनेर झुट बोलेर कराँचीमै अल्झेको छ।

यी तीन पात्र जान-अन्जानमा पैसा जुटाउने क्रममा अनेक तिगडम लगाउँछन्। एकपछि अर्को असफल प्रयासका बीच बैंक जलाएर बीमा दाबी गर्ने निर्णयमा पुग्छन्। यो काम उनीहरूले कसरी गर्लान्? उनीहरूका पछिपछि लागेका प्रहरी र अपराधीबाट उनीहरू जोगिएलान् वा थप अप्ठ्यारोमा पर्लान्?

यी सबै घटना थाहा पाउन फिल्म नै हेर्नु रमाइलो हुनेछ। हिन्दी फिल्म ‘हेराफेरी’ बाट प्रभावित यो हाँस्यप्रधान फिल्म हो।

यही कहानीबीच शकीलकी बहिनी र फरहानको प्रेम अनि मून र बैंककी कर्मचारीबीचको प्रेम प्रसंग पनि जोडिएको छ।

कराँची यस्तो सहर हो जहाँ हुने एकपछि अर्को अपराधका घटनामा कसको हात हुन्छ थाहै हुँदैन। फिल्मको नामले पनि यही अर्थ दिन्छ, नाम नखुलेका मान्छे।

व्यावसायिक रूपमा निकै सफल मानिएको यो फिल्मको सिक्वेल ‘ना मालूम अफराद-२’ पनि युट्युबमा हेर्न पाइन्छ।

सन् २०१७ मा रिलिज ‘ना मालूम अफराद-२’ सो वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply