मोरङको पथरीस्थित चिउरा मिलमा आगलागी, एक करोड ५० लाखको क्षति

चैत ०४ धनगढी
मोरङको पथरी शनिश्चरे- १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा शनिबार राति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ।

राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ।

मिलमा आगो सल्केको दुई घन्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन।

आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो। आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply