जनता समाजवादी पार्टीको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन

चैत ०४ धनगढी
जनता समाजवादी पार्टीको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन भएको हो ।

जसपाले २०७९ को चुनावमा प्रतिनिधि सभातर्फ समानुपातिकमा मुस्लिम कलस्टरमा एक जना पुरुषसहित तीन जना महिलालाई उम्मेदवार बनाएको थियो । त्यसमध्ये एक नम्बरमा रहेको मुस्लिम महिला झापाका ६३ वर्षीय सहनाज रहमान निर्वाचित भएका थिइन् ।

उनको २०७९ फागुन १३ गते ह्रदयघातका कारण निधन भएको थियो । भक्तपुरमा एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक उनको मुटु दुख्न थालेपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको निधन भएको थियो ।

उनको निधन भएपछि मुस्लिम महिला कलस्टरको दोस्रो नम्बरमा रहेको सप्तरीका ५८ वर्षीय मञ्जु अन्सारीलाई २०७९ चैत ६ गते निर्वाचन आयोगले निर्वाचित गरेको थियो ।

ठिक एक वर्षपछि मञ्जु अन्सारीका पनि आज ह्रदयघातका कारण निधन भएको हो । निर्वाचन आयोगको वेबसाइटमा राखिएको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूची अनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ ।

जसपाबाट मुस्लिम महिला कलस्टरको हिसाबले हसिना खान समानुपातिक सांसदमा निर्वाचित हुने बताइएको छ । मुस्लिम महिला कलस्टरको सूचीमा हसिना खानको नाम अन्तिम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply