सुनसरीको दुहबीमा मंगलबार अगालागी हुँदा चार वटा घर जले

७ चैत धनगढी
सुनसरीको दुहबीमा मंगलबार अगालागी हुँदा चार वटा घर जलेका छन्। आगो निभाउने क्रममा एक दर्जनभन्दा बढी स्थानीयबासी घाइतेसमेत भएका छन्।

दुहबी नगरपालिका–२ तुताहास्थित मुस्लिम टोलको बिजुलीको पोलमा तार सर्ट भएर निस्केको आगोको झिल्को गाउँतिर फैलिएको थियो।

सबैभन्दा पहिले स्थानीय इब्राहिम मियाँको घरमा आगो सल्किएको थियो। आगो फैलिएर टोलका चारवटा घर जलेको सुनसरी प्रहरीले जनाएको छ।

विपन्न परिवारका उनीहरूको जस्ताको घर तथा टहरा लगायत त्यहाँभित्रको धनमाल, खाद्यान्न समेत जलेर नष्ट भएको छ। आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दुहबीले अनुमान गरेको छ।

घरमा आगलागी भइरहेको अवस्थामा स्थानीय बसिर मियाँले ६ वर्षको बच्चालाई घरभित्रै पसेर बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

आगो निभाउन प्रयास गर्दा इब्राहिम मियाँ, जाहिर मियाँ, अमाल मियाँ, बसिर मियाँ, नाजो खातुन, सहारुन खातुन, मफिना खातुन, नवेसा खातुनलगायत घाइते भएका छन्। घाइतेहरूको दुहबीस्थित सुनसरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

आगलागी भएको बस्तीबाट दुई किलोमिटर छेउमा रहेको दुहबी नगरपालिकाको दमकल समयमा नपुगेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। दमकल आधा घण्टापछि पुगेका कारण विपन्न परिवारका मानिसहरूको घर जलेर नष्ट भएको उनीहरूले आरोप लगाएका छन्।

विराटनगर सहित इटहरी, इनरुवा र दुहबीका चार वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply