कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा एक चितुवा

९ चैत धनगढी
कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा एक चितुवा परेको छ । कृष्णपुर नगरपालिका १ मोतिपुरमा शिकारीको पासोमा एक चितुवा परेको हो । दिपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले शिकारजन्य गतिबिधीमा संलग्न गिरोहले बन्यजन्तुका मार्नका लागि बिछाएको जालोमा चितुवा परेको बताए ।

‘चितुवा परेको खबर हामीलाई हिजै राती आएको थियो, ‘उनले भने, ‘उद्दारका लागि राती सम्भव भएन, प्राविधिक टोली लगेर उद्दार गछौँ ।’

अहिलेसम्म चितुवाको स्वास्थ्य अवस्था ठिकै रहेको र खुट्टामा चोट लागेको अनुमान गरेको उनले बताए । ‘शुरुमा हामी उद्दार गर्दै उपचार गछौँ, त्यसपछि निकुञ्ज वा कहाँ कुन वनमा लगेर छाड्ने विषयमा अवस्था अनुसार अघि बढ्छौँ ।’ सरक्षणकर्मीहरुले समयमै चितुवाको उद्दार हुनुपर्ने बताएका छन । सरक्षणकर्मी एव सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले उद्दारमा ढिलाई गर्न नहुने बताए । उनले एकातिर वन सरक्षणले वन्यजन्तुको गतिबिधी बढिरहेको र अर्कातिर शिकारी तस्कर समुहले वन, बन्यजन्तु सरक्षण चुनौती थपिदिएको भन्दै त्यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए । यसैविच उक्त चितुवा फेला परेको केही किलोमिटर पश्चिम तर्फ सिसैया गाँउमा रहेको एक सःमिलबाट अवैध काठ सहित संचालकलाई समेत वनको टोलीले पक्राउ गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत अमर धामीले शुक्लाफाँटा नगरपालिका ९ सिसैया स्थित महरा काष्ठ उद्योग तथा सःमिलबाट ३सय बढि क्युफिट काठ सहित संचालक शंकर महरालाई पक्राउ गरिएको छ । सरक्षणकर्मीहरुले जिल्लाको उत्तरी चुरे ब्रम्हदेबदेखि मालुबेलासम्म चोरीतस्करी जस्ता वन,बन्यजन्तु अपराध बढिरहेकाले नियन्त्रणमा जोडदिएका छन । यसरी पासो थाप्ने शिकारी समुहको पहिचान गरेर कार्बाहीको समेत माग अघि सारिएको

छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply