दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएपछि पीडित पक्षले राहतको माग

११ चैत धनगढी
दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएपछि पीडित पक्षले राहतको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन्।

विद्युत प्राधिकरणको लापरबाहीले तीन जनाले ज्यान गुमाएको भन्दै पीडित परिवारले आइतबार मध्यान्हदेखि राजमार्ग अवरूद्ध गरेका हुन्।

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा आफन्त तथा स्थानीयहरूले राजमार्ग छेकेर राहत माग गरेका हुन्।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार राजमार्गमा यातायात सुरू गराउन छलफल भइरहेका छन्।

‘राहत बापत राज्यबाट उपलब्ध हुने जनही पाँच लाख स्वत: उपलब्ध हुन्छ। पीडित पक्षले अतिरिक्त रकमको माग गरेको हुँदा छलफल भइरहेको हो,’ उनले भने।

जिल्ला विपदबाट पनि अतिरिक्त आर्थिक साहयता उपलब्ध गराउनेबारे छलफल भइरहेको छ। छलफल सकारात्मक रहेको प्रहरी निरीक्षक सिंहले बताए।

छलफलमा विद्युत प्राधिकरणका पदाधिकारी, प्रहरी अधिकारी र अन्य निकायका प्रतिनिधिहरू सहभागी छन्।

शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरीरमाथि खस्दा राप्ती गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो।

दिलसरा र कृष्णको घटनास्थलमा मृत्यु भएको थियो। गोरखबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply