कञ्चनपुरको महेन्द्रनगर सुप विश्व विद्यालयको प्राङगणमा विद्यार्थी संगठनले अधिवेशनको पूर्व सनध्यामा फुटबल खेल शुरु

१५ चैत धनगढी
कञ्चनपुरको महेन्द्रनगर सुप विश्व विद्यालयको प्राङगणमा विद्यार्थी संगठनले अधिवेशनको पूर्व सनध्यामा फुटबल खेल शुरु गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट कञ्चनपुर राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्व विद्यालयको प्राङ्गणमा बुधबारदेखि आयोजित फुटबल शुरु भएको हो ।

राप्रविवि अध्यक्ष शुभम् चन्दको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा सुप अध्यक्ष धर्मराज जोशी रहेका थिए भने विशिष्ट अतिथिमा कुम्भ बहादुर चन्द, ईन्जिनियर तोरण प्रसाद भट्ट,कञ्चनपुर नाई संघका अध्यक्ष भुपेन्द्र भण्डारी , राष्ट्रिय प्रजातन्त्र पार्टी युवक संगठनकी जिल्ला उपाध्यक्ष मीना चन्द, लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन पूर्व राप्रपा विध्यार्थी संगठनका जिल्ला अध्यक्ष नरेश कार्कीले गर्नु भएको थियो ।

विद्यार्थी संगठनले यहि १९ गते कञ्चनपुर जिल्ला अधिवेशन गर्न लागेको छ भने उक्त आयोजित खेलको लागि १४ वटा फुटबल टिम दर्ता भईसकेको सुदूरपश्चिम विश्व विद्यालय राप्रवि संगठनका खेल संयोजक तथा अध्यक्ष शुभम् चन्दले बताए ।

आज (बुधबार) देखि शुरु भएको खेलमा सिद्धनाथ विज्ञान क्याम्पस ÷सार्क क्याम्पस ३–०,कैलाली बहुमुखी क्याम्पस÷साधारण मावि ३–०,ईन्टरनेश्नल पव्लीक ÷उदयदेव मावि ०–० टाईव्रेकर ४–२ गरी खेल भएका थिए भने ६ दिन सम्म फुटवल खेल चल्ने चन्दले बताए । यसै गरी पहिलो हुने टिमलाई ५० हजार, दोस्रोलाई २० हजार नदग पुरस्कासंगै ट्रफि र मेडल प्रदान गरिनेछ । अन्य खेलाडीहरुलाई सान्त्वना पुरस्कार रहेको चन्दले बताए ।

विग एजुकेसन कन्सल्टेन्सीका सञ्चालक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कञ्चनपुर खेल संयोजक सुमन भट्टले खेलको लागि आफ्नो तर्फबाट ट्रफि र मेडल सहयोग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply