माक्र्सवादी अध्ययन फाउन्डेसनद्वारा विधेयक संशोधन गर्न माग

कञ्चनपुर : माक्र्सवादी अध्ययन फाउन्डेसनद्वारा आयोजित खुला साहित्यिक बहस कार्यक्रम फाउन्डेसनका अध्यक्ष केशवनाथ योगीको अध्यक्षता र नेपाल सरकारका पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय माननीय धर्मराज पाठक र माननीय शिव सिह ओली विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा प्रलेस सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश पन्त मीतबन्धु लगायतको प्रलेस टोलीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संशोधन विधेयक स्रष्टाहरुको माग बमोजिम स्रष्टाहरुको आत्मसम्मान हुनेगरि संशोधन गर्न पहल गरिदिनहुन सामाजिक विकास समितिका सदस्य माननीय धर्मराज पाठकलाई ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष मीतबन्धु,सचिव सिर्जन श्री, सचिवालय सदस्य कविराज भट्ट लगायतले प्रज्ञा प्रतिष्ठान जोसुकैको नेतृत्वमा भएपनि स्रष्टाबाट कुलपति बनाउनु पर्ने, सदस्य सचिव समेत स्रष्टाबाटै बनाउने गरि विधेयक संशोधन गर्न माग गरेका छन्। त्यसैगरी सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले पनि स्रष्टाबाट कुलपति राख्ने प्रावधान नराखिए ऐन स्विकार्य नहुने कुरा व्यक्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply