त्रिशूलीमा नदीमा खस्दा बेपत्ता भएका एक जना अझै फेला परे

१८ चैत धनगढी
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा बेपत्ता भएका एक जना अझै फेला परेका छैनन् । दुर्घटनामा बेपत्ता भएका अठार वर्षीय दिवस रोकाको खोजी कार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको दाहसंस्कार सकेर गोरखा फर्कँदै गरेको उनको परिवार दुर्घटनामा परेको थियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो ।

दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply