बाँकेमा एक दम्पती गम्भीर अवस्थामा फेला

१९ चैत धनगढी
बाँकेमा एक दम्पती गम्भीर अवस्थामा फेला परेका छन्।

खजुरा गाउँपालिका– ३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया पत्नि गम्भीर अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार उनीहरू आफ्नै घरको कोठाभित्र घाँटीमा गहिरो घाउ भएको अवस्थामा फेला परेपछि उद्धार गरी अस्पताल पुर्‍याइएको हो।

‘दिउँसो साढे १ बजेतिर प्रहरीलाई श्रीमान–श्रीमतीले झगडा गरिरहेको भन्ने खबर आएको थियो,’ एसपी बोहराले भने, ‘भित्र श्रीमान–श्रीमती घाँटीमा गहिरो घाउ लागेको गम्भीर अवस्थामा फेला परेपछि उद्धार गरी अस्पताल लगिएको हो।’

उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको र दुबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उनीहरू चुकुल लगाएको आफ्नै कोठाभित्र गम्भीर अवस्थामा फेला परेका हुन्। प्रहरीले ढोका फोडेर उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएको हो।

‘श्रीमान–श्रीमतीले आपसमा हानाहान गरेको जस्तो देखिएको छ,’ उनले भने, ‘मासु काट्न प्रयोग हुने जस्तो धारिलो हतियार दाउ पनि नजिकै फेला परेको छ।’ त्यो हतियार पनि प्रहरीले फेला पारिसकेको उनले बताए।

एसपी बोहराका अनुसार आमा बाहिर निस्किएको समयमा उनीहरूले एकले अर्कालाई घाँटीमा धारिलो हतियार प्रयोग गरेको आशंका छ।

‘पहिला हाम्रो इप्रका नजिकै पछाडि बस्ने उनकी बहिनीलाई श्रीमान–श्रीमती झगडा गरिहेकोबारे स्थानीयले खबर गरेका रहेछन्,’ एसपी बोहराले भने, ‘त्यसपछि बल्ल उनैले प्रहरीलाई सूचना दिएपछि उनीहरू बन्द कोठामा गम्भीर अवस्थामा फेला परेका हुन्।’

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply