कृष्णपुरमा प्रथम म्याराथन दौड प्रतियोगिता बैशाख १ गतेदेखि सुरु

कञ्चनपुरको कृष्णपुरमा प्रथम म्याराथन दौड प्रतियोगिता हुने भएको छ। ब्राईट नेपाल युवा क्लबको आयोजनामा आगामी वैशाख १ गते म्याराथन दौड प्रतियोगिता हुने लागेको हो ।
शुक्रबार कृष्णपुरमा पत्रकार भेटघाटको आयोजना गर्दै उक्त प्रतियोगिताको विषयमा जानकारी गराइएको हो।

क्लबकी अध्यक्ष प्रेरणा पाण्डेयले कृष्णपुर पर्यटकीय,ऎतिहासिक र धार्मिक क्षेत्रको प्रचारप्रसार, युवाहरुलाई खेलकुद संगै सामाजिक उत्तरदायित्व बोध गराउंदै
लागू औषध र्दुव्यसनी न्युनीकरण गर्न तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताईन् । सामाजिक विकृति एवम् लागू औषध र्दुव्यसनीको विरुद्ध “अब कृष्णपुर दौडिन्छ निरन्तर” भन्नेनाराका साथ ३ किलोमिटर दुरीको म्याराथनको लागि कृष्णपुर नगरपालिकाको गुलरियाबाट सुरु भई २ नम्बर चौराह हुँदै पुनः गुलरिया चोकसम्मको क्षेत्र तय गरिएको छ ।

म्याराथन प्रतियोगिता भएको अवगत गराउंदै अध्यक्ष प्रेणा पाण्डेले म्याराथन प्रतियोगिताले कृष्णपुरलाई देश र विदेशमा समेत चिनाउन सहयोग पुग्ने बताइन् । म्याराथनको माध्यम बाट कृष्णपुरको पर्यटकीय क्षेत्रको प्रचार प्रसार, अर्थतन्त्र थोरै भए पनि चलायमान हुने विश्वास लिएको पाण्डेले बताइन् ।
३ किलोमिटर दुरीको म्याराथनको लागि कृष्णपुर नगरपालिकाको गुलरियाबाट सुरु भई २ नम्बर चौराह हुँदै पुनः गुलरिया चोकसम्मको क्षेत्र तय गरिएको छ । म्याराथन प्रतियोगिता संयोजक प्रेणा पाण्डेले बताइन् ।

त्यस्तै लागि ७ किलोमिटर दुरीको म्याराथनको लागि कृष्णपुर नगरपालिकाको वडा नम्बर २ वाणी चोकदेखी सुरु भई गुलरिया चोकसम्मको क्षेत्र तय गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार र तृतीय हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।

म्याराथन प्रतियोगितामा सहभागि हुन चाहने प्रतियोगीले कृष्णपुर नगरपालिकाका सबै वडा कार्यालयबाट फर्म भर्न सक्नेछन् अनलाइनमार्फत पनि फर्म उपलब्ध गर्न सक्नेछन् ।
फर्म भर्दा सहभागिले एक सय रुपैँया तिर्नु पर्नेछ भने सो बाफत क्लबले एउटा जर्सी उपलब्ध गराउनेछ ।
म्याराथन प्रतियोगितामा सहभागिता हुन चाहाने प्रतियोगीले अनलाइन, फोन सम्पर्क तथा बिभिन्न दर्ता स्थल बाट नाम टिपाएर सहभागी हुन सक्ने क्लबले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply