पेनाल्टी सुट आउटकाे उपाधि पिपरिया सब डिभिजनलाई

३० चैत धनगढी
कञ्चनपुर  – सिंहपुर सामुदायिक वन उपभोक्ता समुहको आयोजना गरेको पहिलो पेनाल्टी सुट आउट प्रतियोगितामा पिपरिया सब डिभिजन विजयी भएको छ।

शुक्रबार सिंहपुर सामुदायिक वनकाे फुटबल मैदानमा भएको प्रतियोगितामा सहभागी १३ टीममध्ये पिपरिया सब डिभिजनले प्रथम स्थान हासिल गरेको हो।
यस्तै, प्रतियोगितामा कृष्णपुर नगरपालिका नगर कार्यपालिका द्वितीय र जानकी समुदाय वन उपभोक्ता समुहले रेखा तृतीय स्थान हासिल गरेका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः१५ हजार, १० हजार र पाँच हजार नगदसहित सम्मान गरिएको सिंहपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जाेगराज चौधरीले बताए।

प्रथम पेनाल्टी सुट आउट प्रतियोगिताको अध्यक्षता सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरीले गरेका थिए।
विशिष्ट अतिथि नगर उप-प्रमुख द्राेपती राना, पिपरिया सब डिभिजनका प्रमुख नविन सिंह अतिथि सम्पूर्ण सामुदायिक वनका अध्यक्ष बुद्धिजीवी समाजसेवी लगायतको उपस्थिति रहेकोे थियो पेनाल्टी सुट आउट मा महिला सहभागीता रहेकोे कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा् प्रमुख अतिथि रहेका थिए। अध्यक्ष चौधरीले आगामी कार्यक्रमा स्थानीय सरकार संग सहकारी गरेर जाने प्रतिबद्धत व्यक्त गरे।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply