बेलडाँडिमा बिषु पर्वको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भब्यताका साथ सम्पन्न

धनगढी २ वैशाख
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडिमा बिषु पर्वको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

न्यू खप्तड युवा क्लबले बेलडाँडी गाउँपालिका वडा नं.३ खैरिघाट स्थित सिद्धनाथ माध्यमिक विद्यालय चौफेरीको प्राङ्गणमा आयोजना गरिएको खेलकुद प्रतियोगिता सम्पन्नका साथ सनिवार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा उत्साहका साथ मनाइने बिषु पर्वको पुर्व सन्ध्यामा न्यू खप्तड युवा क्लबले २०८० चैत्र २४ देखी २०८१ बैशाख १ गते सम्म प्रतियोगिता सञ्चालन गरिएको आयोजक क्लबका अध्यक्ष नरेन्द्र बहादुर बिष्टले बताएका छन् ।

प्रतियोगितामा क्रीकेट खेलको च्याम्पियन दशनामी युवा क्लब, उपविजेता पृथ्वी युवा क्लबले चित्तबुझाएको छ। भलिबलखेल तर्फ च्याम्पियन न्यू खप्तड युवा क्लब आयोजक “ए” टिम बनेको छ । भने उपविजेता बेलौरी नगरपालिका वडा नं.६ बनेको हो।

प्रतियोगिताको च्याम्पियन टिम शनामी युवा क्लबले २५ हजार ट्रफी, प्रमाणपत्र मेडल पाएको छ। भने उपविजेता टिम पृथ्वी युवा क्लबले १३ हजार ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ।

भलिबल तर्फ विजेता न्यू खप्तड युवा क्लबले २५ हजार ट्रफी, प्रमाणपत्र मेडल पाएको छ। उपविजेता टिम बेलौरी नगरपालिका वडा नं.६ ले १३ हजार ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ। प्रतियोगिता सञ्चालन संगै विषु मेलाको पनि आयोजना गरिएको हो। सांस्कृतिक जगेर्नाका लागि हरेक वर्ष आयोजना हुने बिषु मेलाको लागि यो वर्ष पनि आयोजना गर्नका लागि बेलडाँडी गाउँपालिकाले १ लाख ५० हजार सहयोग गरेको छ।

नयाँ वर्ष २०८१ बैशाख १ गते सनिवारका दिन आयोजनागरेको पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता न्यू खप्तड युवा क्लब का अध्यक्ष नरेन्द्र बहादुर बिष्ट , प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र राना, विशिष्ट अतिथिमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ, अतिथिमा बेलडाँडी गाउँपालिका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष गजबहादुर बिष्ट, वडा नं. ३ का अध्यक्ष दुर्गा प्रसाद चौधरी, वडा नं.५ का वडा अध्यक्ष इन्द्र बहादुर खड्का लगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply