जीवनशैली, खानपान र वंशाणगत कारण आजकाल मधुमेहका रोगी विश्वभर सिकार भइरहेका

जीवनशैली, खानपान र वंशाणगत कारण आजकाल मधुमेहका रोगी विश्वभर बढिरहेका छन् । वृद्धवृद्धा मात्र नभई युवा तथा बालबालिका समेत मधुमेहको सिकार भइरहेका छन् ।

रगतमा चिनीको मात्रा बढ्नुका साथै इन्सुलिनले राम्रोसँग काम नगर्दा यो रोग लाग्ने गर्छ । यसलाई बेवास्ता गरियो भने शरीरका अन्य अङ्गहरू निष्क्रिय हुन सक्छन् ।

लक्षण

  • मुख सुक्खा हुने ।
  • एकदमै तिर्खा लाग्ने ।
  • धेरै पिसाब लाग्ने ।
  • गलेको महसुस हुने ।
  • खाना बढी रुच्ने ।
  • खुट्टा पोल्ने ।
  • खुट्टा झमझमाउने ।
  • आँखा धमिलो हुने, स्पष्ट नदेख्ने ।
  • कुनै पनि घाउ निको हुन गाह्रो हुने ।
  • मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने ।
  • धेरै थाकेको महसुस हुनु ।
  • अचानक तौल घट्नु ।
  • प्राइभेट पार्ट वरिपरि चिलाउनु ।
  • ढिलो घाउ निको हुनु ।
  • पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि ।
  • बच्ने उपाय

    मधुमेह एक गम्भीर रोग हो, जसले जीवनभर समस्या निम्त्याउन सक्छ । मधुमेहबाट पीडित व्यक्तिले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन सक्छ । तर, निम्न सावधानी अपनाएमा मधुमेहबाट बच्न सकिन्छ ।

  • मिठाइ तथा गुलियो खानेकुरा कम खानुस् ।
  • चिनी र कार्बोहाइड्रेटयुक्त खानेकुरा कम खानुस् ।
  • सक्रिय रहने, नियमित व्यायाम गर्ने, बिहान र बेलुका हिँडडुल गर्नुस् ।
  • पानी धेरै पिउनुस् ।
  • मिठो सर्बत र सोडा पेय पदार्थ कम पिउनुस्, सकेसम्म नपिउनुस् ।
  • आइसक्रिम र क्यान्डी नखानुस् ।
  • तौल घटाउनुस् र यसलाई नियन्त्रणमा राख्नुस् ।
  • धुम्रपान र मदिरा सेवन नगर्नुस् ।
  • उच्च फाइबरयुक्त आहार खानुस् ।
  • प्रोटिन पनि धेरै मात्रामा उपभोग गर्नुस् ।
  • भिटामिन डीको कमी हुन नदिनुहोस् ।
  • किनभने भिटामिन डीको कमीले मधुमेहको जोखिम बढाउँछ ।
  • प्रशस्त मात्रामा सागसब्जी खानुस् ।
  • कम चिल्लो तथा स्वास्थ्यवर्धक तेल प्रयोग गर्नुस् ।
  • नुन तथा नुनिलो खानेकुराको प्रयोग कम गर्नुस् ।
  • उचित मात्रामा नियमित समयान्तरमा खाने गर्नुस् ।
  • दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनुस् ।
  • रेशादार खानेकुराले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । साथै रगतमा बोसोे, कोलेस्टेरोलको मात्रा नियन्त्रणमा राख्छ; मुटु रोगको जोखिमलाई कम गर्छ; कब्जियतको समस्या कम गर्छ; आन्द्रा स्वस्थ राख्छ; रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ ।
    चिल्लोको प्रयोग सकेसम्म कम गर्नुस् ।

    आवश्यक वजन बढ्न नदिई ग्लुकोज तथा चिल्लो नियन्त्रणमा राख्न, मुटु तथा रक्तनलीसम्बन्धी विभिन्न समस्याबाट बच्न स्वास्थ्यवर्धक तेल प्रयोग गरौँ, त्यो पनि सकेसम्म कम ।

    नौनी, घिउ, बोसो, वनस्पति घिउ, बेकन, नरिवलको तेल आदिको बढी प्रयोगले रगतमा कोलेस्टेरोल बढ्ने तथा मुटुरोग हुने सम्भावना बढी हुन्छ ।

    सनफलावर, भटमासको तेल, ओखरको तेल, सनपाटको बियाँ आदिको मात्र प्रयोगले कोलेस्टेरोल (एलडीएल) तथा नराम्रो कोलेस्टेरोल मात्र नभई मुटुका लागि सुरक्षित कोलेस्टेरोल (एचडीएल) पनि घटाउँछ । हानिकारक कोलेस्टेरोल (एलडीएल) शरीरका लागि कम भएको राम्रो हो । यस्तै कोलेस्टेरोल (एचडीएल) बढी भएको राम्रो हो ।

    ओलिभ, तोरीको तेल, बदामको तेल, बदाम, मकैको तेल, काजु स्वास्थ्यका लागि राम्रा हुन्, यिनको पनि कम प्रयोग गर्नुपर्छ ।
    उपचार

    मधुमेहका धेरै रूप छन् । यीमध्ये मधुमेह टाइप २ सबैभन्दा सामान्य हो । स्वस्थ जीवनशैलीको साथमा मधुमेहको उपचारले यसका जटिलतालाई रोक्नका लागि मद्दत गर्न सक्छ ।

    टाइप–१ मधुमेहका बिरामीले औषधी र इन्सुलिन लिनुपर्छ । जसको मद्दतले उनीहरू आफ्नो अवस्था नियन्त्रण गर्ने प्रयास गर्छन् । दैनिक व्यायाम, सन्तुलित आहार, समयमै खाजा–नास्ता र तौल नियन्त्रण गरेर टाइप–२ मधुमेहका लक्षणबाट बिनाऔषधी छुटकारा पाउन सकिन्छ । सही आहारको मद्दतले टाइप–२ मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेह वा मधुमेहका लक्षणहरू देखापरेमा चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

    आफूलाई कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुहोला । आफूखुसी वा इन्टेरनेटको सहायतामा औषधी सेवन गर्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर देखिन सक्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Leave a Reply