झापामा १६ वर्षीया किशोरीलाई बलात्कार आरोपमा एक जना पक्राउ

८ वैशाख धनगढी
झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।

ती किशोरीलाई सोही नगरपालिका-११ सालबारीस्थित होटलमा बुधबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply