अर्घाखाँची र गुल्मीमा वनमा लागेको डढेलो वस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट

९ वैशाख धनगढी
अर्घाखाँची र गुल्मीमा वनमा लागेको डढेलो वस्तीमा पस्दा एक सयभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्।

शुक्रबारदेखि सामुदायिक वनमा लागेको डढेलो शनिबार वस्तीमा फैलिएको थियो। गुल्मीमा २० घर २१ गोठ पूर्ण रूपमा ध्वस्त भएको र अर्घाखाँचीमा ४० घर र ४६ गोठ पूर्ण रूपमा नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावतलका अनुसार सितगंगा र भूमिका नगरपालिका तथा पानीनी र मालारानी गाउँपालिकाका दसवटा सामुदायिक वनम डढेलो सल्किएको थियो।

आगलागीबाट स्थानीयका २० घर र २१ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक रावतलले बताए।

त्यो आगलागीबाट ११ खसी बाख्रा र ६ वटा भैंसीपनि जलेर मरेको प्रहरीले बताएको छ। आगलागीबाट भएको आर्थिक क्षतिको विवरण संकलन हुन बाँकी छ।

प्रहरी निरीक्षक रावतले शुक्रबारदेखि रोल्पा, प्यूठान, अर्घाखाँची र गुल्मी लगाएका पहाडी जिल्लाहरुमा चलेको तीव्र हावाहुरीका कारण वन जंगलमा लागेको आगो बस्तिसम्म फैलिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलका अनुसार जिल्लाको मुसिकोट नगरपालिका, मदाने गाउँपालिका, रेसुङ्गा गाउँपालिका, धुर्कोट गाउँपालिका लगायत आठ वटा स्थानीय तहका विभिन्न स्थानमा डढेलो सल्किएर बस्तीमा पुगेको थियो।

डडेलोमा परी ७५ वटा चौपाया मरेको एसपी राजन भुजलेले जानकारी दिए।

त्यो आगलागीबाट एउटा ट्याक्टर पनि जलेर नष्ट भएको छ।

आगोले लप्काले भेटाउँदा ट्याक्टरमा सवार दुई जना मानिसपनि घाइते भएको एसपी भुजलले बताए।

घाइतेहरुलाई अनुहार र शरीरमा घाउ खत रहेको प्रहरीले बताएको छ। घाइते मध्य एकजनाको अवस्था मध्यम रहेको पनि प्रहरीले बताएको छ।

वन जंगलमा आगलागीको कारण खोजी भइ रहेको प्रहरीले बताएको छ।

वन जंगलमा लागेको डढेलो तीव्र गतिको हावाहुरीका कारण बस्तिसम्म आइपुग्दा त्यसले ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply