चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने दुईजना पक्राउ

९ वैशाख धनगढी
चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-११ का ४७ वर्षीय रामलोचन मुखिया र सोही जिल्लाका बरहथवा नगरपालिका-११ घर भई हाल काठमाडौं बस्ने ४७ वर्षीय कमल अधिकारी छन्।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीबार थानकोट चेक पोष्टमा उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा लागु औषधसहित रामलोचनलाई पक्राउ गरेको हो।

रामलोचनको साथबाट नियन्त्रित लागुऔषध २ हजार ४७८ एम्पुल (डाईजेपाम ८४२, फेनारग ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३ हजार ३०८ ट्याब्लेट बरामद गरिएको व्युरोको प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

‘थप अनुसन्धान गर्ने क्रममा उपत्यकामा बसेर कमलले लागुऔषध बिक्रीवितरण गर्ने गरेको खुल्यो, त्यसैले उनलाई पनि पक्राउ गरेका हौं,’ उनले भने।

लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply